विराटनगर महानगरद्वारा पाँच स्थानमा ट्राफिक लाइट जडान

विराटनगर - ट्राफिक व्यवस्थापनलाई सहज बनाउने उद्देश्यले विराटनगर महानगरपालिकाले विराटनगरका विभित्र पाँच स्थानमा ट्राफिक लाइट जडान गर्दैछ । महानगरले रु ७७ लाख लागतमा विराटनगरको तीनपैनी, जलजला, कञ्चनबारी, रोडशेष र घाँसचोकमा ट्राफिक लाइट जडान सुरु गरेको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका अनुसार विराटनगर महानगरपालिकाभित्र दैनिक करिब ९५ हजार सवारी साधन गुड्दै आएका छन् । अगामी असोज मसान्तभित्र लाइट जडान गरिसक्ने गरी काम भइरहेको महानगरपालिकाका प्रमुख नागेश कोइरालाले जानकारी दिए ।
कोशी प्रदेशको एक मात्रै महानगरपालिका हुनुका साथै प्रदेशको राजधानी पनि भएका कारण पछिल्लो समय विराटनगरमा ट्राफिक व्यवस्थापन चुनौतीका रुपमा देखिएको छ । बढ्दो जनघनत्व, सवारी चापलगायतले ट्राफिक व्यवस्थापनमा समस्या हुने गरेको थियो । प्रमुख चोकमा ट्राफिक लाइट जडानपछि ट्राफिक व्यवस्थापनमा सहज हुने प्रमुख कोइरालाको भनाइ छ ।
महानगरको गुरुयोजनामा विराटनगर विभित्र सात स्थानमा ट्राफिक लाइट जडान गर्ने भनिए पनि हाल पाँच स्थानका लागि काम भइरहेको बताइएको छ । महानगरको प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पराजुलीले सवारी दुर्घटनालाई न्यूनीकरण गर्न तथा सडक पेटीमा हिड्ने वातावरणलाई सहज बनाउन र सवारी सहज बनाउन यो व्यवस्थाले धेरै हदसम्म नगर क्षेत्रको शोभा बढ्ने विश्वास व्यक्त गरे ।
सीमित ट्राफिक प्रहरीबाट ट्राफिक व्यवस्थापनमा निकै समस्या हुने गरेको ट्राफिक प्रहरी प्रमुख सुमन न्यौपानेले बताए । अब लाइट जडानपछि भने थोरै जनशक्त्ति भए पनि ट्राफिक व्यवस्थापनमा केही सहज हुने उनको भनाइ थियो । यसअघि प्रदेश सरकारको लागतमा विराटनगरको बरगाछी चोकमा ट्राफिक लाईट जडान भइ सञ्चालनमा आएपछि सो क्षेत्रमा सवारी व्यवस्थित भएको ट्राफिक प्रहरी प्रमुख न्यौपानेले जानकारी दिए ।

कचनकवलमा करेन्ट लागेर एक जनाको मृत्यु

संरक्षण नहुँदा भोजपुरको ‘ टेम्केसिद्ध मन्दिर’ जीर्ण
_i9NmdaJkKs_gaemtdslogjyfaavix6ja5yjigihvd7kj57xhgavc2sv1b0d8bj95iwgzj7n_9fsrgeDloW_un2huwatifgqdghwkv1unvl0eh6uhy5btinfacfq0une8eun2shc8ciu3o8a.jpg)
अरुणमा १५ श्ययाको आधारभूत अस्पतालबाट सेवा सुरु

भोजपुर–लेगुवा सडक : भत्किएका ठाउँमा टालिएको कालोपत्र नै उप्कियो

यसवर्ष पनि कोशीमा घटेन ‘लम्पी स्किन’ सङ्क्रमण

सवारी दुर्घटनामा साइकलयात्रीको मृत्यु

गर्मी छल्न कोशी कटान क्षेत्रमा नुहाउनेको भीड

प्रतिक्रिया