'तेजाब आक्रमणको दशकपछि क्षतिपूर्ति रकम दिने'

काठमाडौँ - सांसद बिन्दबासिनी कंसाकारले तेजाब आक्रमणको दशक पछि अदालतको फैसला बमोजिम क्षतिपूर्ति रकम उपलब्ध गराउने निर्णयप्रति सरकारलाई धन्यवाद दिएकी छिन् ।
मंगलबार प्रतिनिधिसभाको बैठकको शून्य समयमा तेजाब आक्रमणबाट ज्यान मार्ने उद्योग मुद्दाको पीडित सांसद कंसाकारले लामो समयपछि सरकारले उपचारमा खर्च भएको रकममध्ये फैसला बमोजिम मनासिव माफिक क्षतिपूर्ति रकम उपलब्ध गराउने निर्णय गरेको भन्दै धन्यवाद दिइन् ।
त्यस्तै उनले अपराध भोगेर पाइने शारीरिक, सामाजिक र मानसिक पीडाका साथै समयमा नै न्याय नपाउँदा हुने पिडा झनै कष्टकर हुने भएकाले अदालतले गरेको आदेश/फैसला बमोजिम चाँडो क्षतिपूर्ति पाउने व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराइन् ।
केही दिन अघि बसेको मन्त्रिपरिषद् बैठकले तेजाब आक्रमण पीडित सांसद कंसाकारको उपचारमा खर्च भएको रकममध्ये फैसला बमोजिम मनासिव माफिक क्षतिपूर्ति रकम उपलब्ध गराउने र उक्त रकम प्रतिवादीबाट असुलउपर गरि पीडित राहत कोषमा सोध भर्ना गर्ने व्यवस्था मिलाउने निर्णय गरेको थियो ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया