निषेधाज्ञाका मारमा उद्योग-व्यवसाय

भरतपुर : कोभिड-१९ महामारी र निरन्तरको निषेधाज्ञाले चितवनका झण्डै ५० प्रतिशत उद्योग बन्द हुने अवस्थामा पुगेका छन् । निरन्तरको निषेधाज्ञा र बढ्दो कोभिड-१९ संक्रमणको कारणले कच्चा पदार्थको अभाव तथा उत्पादित बस्तुको बिक्री वितरणमा समस्या आएकोले उद्योगहरू बन्द हुने अवस्थामा पुगेका हुन् ।
चितवनमा रु २५ करोड बढी लगानीका झण्डै एक दर्जन, रु १० करोड बढी लगानीका १०० भन्दा बढी, रु पाँच करोड बढी लगानीका झण्डै २०० वटा उद्योग रहेका छन् । एकातिर रोगको त्रासले उद्योगीहरु तथा मजदुर त्रासमा छन् भने अर्कातिर उद्योग बन्द भएमा बेरोजगारीको दर झनै बढ्दै जाने खतरा पनि रहेको छ । चितवनमा साना तथा ठूला उद्योगमा हजारौ मानिसले प्रत्यक्ष तथा अप्रत्यक्ष रोजगारी पाएका छन् ।
चितवन उद्योग संघका अध्यक्ष राजु पौडेलले अहिले ४० प्रतिशत उद्योगहरु बन्द हुने अवस्थामा पुगेको र निषेधाज्ञा थपिँदै जाँदा ५० प्रतिशत उद्योगहरू बन्द हुने अवस्था रहेको जानकारी दिए । उनले भने,‘धेरै उद्योगहरुमा कच्चा पदार्थको अभाव भएको छ । जेनतेन सामान उत्पादन गरिरहेका उद्योगहरुले पनि सहजरुपमा आफ्नो उत्पादन बजारसम्म लान सकेका छैनन् ।’
कतिपय उद्योगमा मजदूर तथा कर्मचारी कोरोना संक्रमित भएर उद्योग नै बन्द गर्नु परेको उनले बताए । उनले भने,'अहिले सहजरुपमा उद्योग चलाउने वातावरण भए पनि कोरोना संक्रमणले चिन्तित बनाएको छ । खुलेका उद्योगहरु पनि बिक्री वितरणमा समस्यामा परेका छन् ।'
भक्तपुर पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा

प्रदेश सरकारद्वारा विद्यालयलाई बस प्रदान

मल्लकालीन बस्तीका स्ववासीलाई सयौँ वर्षपछि लालपुर्जा वितरण

भक्तपुर–नगरकोट सडकखण्डको १५ किलोमिटर सडक कालोपत्र अन्तिम चरणमा

काभ्रेलाई पूर्णखोप सुनिश्चित जिल्ला घोषणा
नालामा पुल भाँचियो : काठमाडौँ जाने वैकल्पिक सडक अवरुद्ध

बागमती प्रदेशसभामा आगामी आवको बजेटमाथि छलफल प्रारम्भ

प्रतिक्रिया