सञ्चारमन्त्रीले पोखरामा दिएको अभिव्यक्तिका विषयमा प्रधानमन्त्रीले जवाफ दिनुपर्छ - देवेन्द्र पौडेल

काठमाडौँ - नेकपा माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेलले सञ्चारमन्त्रीले पोखरामा दिएको अभिव्यक्तिका विषयमा प्रधानमन्त्रीले जवाफ दिनुपर्ने बताएका छन् ।
मंगलबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकमीसँग कुरा गर्दै पौडेलले सरकारका प्रवक्ताजस्तो व्यक्तिले आईजीपीको जिब्रो थुत्नुपर्ने अभिव्यक्ति दिनु गलत भएको भन्दै सम्बन्धीत पक्षलाई बोलाएर छानबिन गरि प्रधानमन्त्रीले जवाफ दिनुपर्ने बताएका हुन् ।
असभ्यतातर्फ समाजलाई लैजाने क्रियाकलापले सुखी नेपाली समृद्ध नेपालको नारा फगत नारामै सीमित हुने उनले बताए । त्यस्तै पौडेलले गण्डकी प्रदेशमा मन्त्रीको पद नै बिक्रीका विषयमा आएका विषयमा कांग्रेस र एमाले मुछिएकाले उक्त दलहरूले प्रष्ट पार्नुपर्ने धारणा राखे ।
पदको किनबेच जस्तो मजाक जनताको बीचमा गर्न नपाइने उनले बताए ।
नेकपा एमालेका नेता राजेन्द्र राईले सञ्चारमन्त्रीले जिब्रो थुत्नुपर्ने अभिव्यक्ति दिएजस्तो नलागेको भन्दै त्यसो भनेको हो भने निकै गलत कुरा भएको बताए । जनताको प्रतिनिधिले त्यस्तो भन्न नमिल्ने उनको भनाइ छ ।
आईजीपीको जिब्रो थुत्नुपर्ने अभिव्यक्तिका विषयमा सञ्चारमन्त्रीको विरोध भइरहेको छ ।

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

आतंककारी गतिविधिलाई समर्थन गर्न सकिँदैन : शेखर कोइराला

प्रतिक्रिया