पाकिस्तानविरुद्धको टेस्ट सिरिजमा बंगलादेशको 'क्लिन स्वीप'

काठमाडौँ - बंगलादेशले पाकिस्तानविरुद्धको टेस्ट सिरिज क्लिन स्वीप गरेको छ ।
सिरिजको दोस्रो टेस्टको पाँचौं दिन मंगलबार बंगलादेशले ६ विकेटले जित हासिल गर्दै सिरिज २-० ले क्लिन स्वीप गरेको हो । पाकिस्तानले दिएको १८५ रनको लक्ष्य पछाएको बंगलादेशले ४ विकेट गुमाउँदै लक्ष्य पुरा गरेको थियो ।
यस टेस्टको पहिलो इनिंगमा पाकिस्तानले २७४ रन बनाएको थियो भने बंगलादेशले आफ्नो पहिलो इनिंगमा २६२ रन बनाएको थियो । त्यसपछि पाकिस्तानले दोस्रो इनिंगमा १७२ रन बनाएर अल आउट भएपछि बंगलादेशले १८५ रनको लक्ष्य पाएको थियो ।
यस अघि बंगलादेशले पाकिस्तानविरुद्ध पहिलो पटक टेस्ट खेल जितेको थियो । बंगलादेशले सिरिजको पहिलो टेस्ट १० विकेटले जितेको थियो ।

भारतीय क्रिकेटर शिखर धवन प्रेममा

वैभव सुर्यवंशी बने आइपीएलमा शतक प्रहार गर्ने सबैभन्दा कान्छा खेलाडी
नेपालको विश्वकप यात्रामा वर्षा बन्यो बाधक, खेल रद्द हुँदा विश्वकप खेल्नबाट नेपा…

नेपालले आज अफगानिस्तानसँग भिड्दै

हङकङमाथि नेपालको सहज जित, १२ ओभरमै भट्टायो लक्ष्य

नेपालले गर्यो हङकङलाई ११५ रनमै अलआउट
धोनी भए घाइते, आइपीएलको बाँकी खेल खेल्नेमा आशंका

प्रतिक्रिया