सुनिताले मेयर बालेनलाई भनिन्- हतारमा सूचना जारी गरेर त्यसलाई व्याख्या गर्ने काम नगरौँ

काठमाडौँ- काठमाडौँ महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलले प्रमुख बालेन शाहप्रति असन्तुष्टि व्यक्त गरेकी छिन्। आज बसेको ३५ औँ नगर कार्यपालिका बैठकमा उनले हतारमा सूचना प्रकाशन गरिएको भन्दै प्रमुख शाहकै अगाडि आक्रोश पोखेकी हुन्।
काठमाडौंँ महानगरपालिकाले साउन ३० गते महानगर क्षेत्रभित्रका नदीको नापी नक्साबाट कायम रहेको छेउबाट दायाँबायाँ छोड्नुपर्ने भनी तोकेको दूरीका अतिरिक्त थप २० मिटर जग्गामा भवन निर्माण गर्न अनुमति नदिने, निर्माण कार्य रोक्का राख्ने, बागमती नदी र तिनका सबै सहायक नदीमा मलमुत्रयुक्त प्रदूषित पानी नपठाउने भनी सार्वजनिक सूचना जारी गरेको थियो।
महानगरपालिकाका अनुसार जनहित संरक्षण मञ्च (प्रो.पब्लिक) का तर्फबाट अख्तियारप्राप्त र आफ्नो हकमा समेत काठमाडौँ जिल्ला, काठमाडौं महानगरपालिका वडा नं. १४ कुलेश्वर बस्ने अधिवक्ता प्रकाशमणि शर्मासमेत निवेदक र काठमाडौँ महानगरपालिकासमेत विपक्षी भएको ०६७–WO–१००२ नम्बरको उत्प्रेषणसमेत मुद्दामा भएको फैसलालाई आधार मानी २०८१ साउन २४ गते महानगरपालिकाको प्रमुखस्तरीय निर्णयअनुसार उक्त यो सूचना प्रकाशित गरिएको हो।
तर उपप्रमुख डंगोलले यो सूचना हतारमा जारी गरिएको बताइन्। उनले भनिन्, ‘यो संवेदनशील कुरा हो, त्यसैले यो सूचना जारी गर्नुअघि प्रमुखलगायत सबै जनाको निर्णय हो कि होइन भन्ने हुन्छ, मेयरस्तरीय निर्णयबाट सूचना जारी गर्नुपर्ने त्यो राम्रो पद्धति होइन, हतारमा सूचना प्रकाशित गर्ने त्यसलाई आफूले व्याख्या गर्ने काम नगरौँ भन्ने अनुरोध गर्न चाहन्छु।’
एमाले काठमाडौँ जिल्ला कमिटीले यसअघिदेखि नै उक्त सूचनाको विरोध गर्दै आएको छ। महानगरपालिकाका उक्त सूचनापछि भदौ ९ गते एमाले काठमाडौँले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर नदीको दायाँबायाँ अतिरिक्त थप २० मिटर जग्गामा भवन निर्माण गर्न अनुमति नदिनेसम्बन्धी सर्वोच्च अदालतको उत्प्रेषणको आदेश न्यायिक पुनरावलोकनमा जान भन्दै ध्यानाकर्षण–पत्र नै बुझाएको थियो।
उक्त ध्यानाकर्षण पत्र बुझाउँदा उपप्रमुख डंगोल र महानगरपालिकाका पूर्वप्रमुख विद्यासुन्दर शाक्य पनि उपस्थित थिए।

आत्महत्या दुरुत्साहनमा श्रीमानसहित सासूससुरा पक्राउ

सशस्त्र प्रहरीका ७७ जना अधिकृतको बढुवा सिफारिस

राशिफलमा यस्तो छ आज तपाईंको भाग्य

२८ लाख धरौटी बुझाएर मध्यराति दुर्गा प्रसाईं छुटे

कारागाबारबाट निस्केर प्रसाईले भनेः म मेरो लागी होइन देशकै लागी थिएँ, छु र …

सैनिक प्रवक्ता बस्नेतलाई पितृ शोक
_AHpHtro2k4_xeauxx07pbk0e8balzmi6oe3c5hl4dryvkcufknegbndhuq4uj3fflcnf9ux_2XNMcYRQYI_x23nubq0g9v0hzxancj1tff3qyxpkz4fqqeypzaflhk7vyvyaxoopatiqqdd_uRaRk54S6T_6t5armruumpwj4klyaj4xbtxkkwcl5e58djpnu46qi6urs7fcyiwe2hpwhtd.jpg)
पशुपति क्षेत्रका यज्ञले धार्मिक पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने
_0Q0VUv201A_kvt31x87ukqaspt0vuudke45gt9vmpatmrq9ftfj2i8m6kiog2bq3yjrovlf_AFNUDpsKj6_15if3eshn3xxhedwwlg1hta5ucdhylnbxyernldnltz7aqcrujv0uuzzmnww_A3DxqOYBXA_qydzohbuqx6qc3soelnfq5co1vrusc2sapiwh0wix5cuvjp9wu5xfatfdgue_rc0WBSrQ3y_bicqfkfdwtxyo171jxygaxdpb3agvkbbo5beapjhuxwgpi7boltnklxtt48i_KBqAHzumYr_bugauevmqxkps2npfc8nqhpwfag9j8yhyfieqfcbra38ilk0hsuaeztf4uk0_LzBVp1uRNc_y0gfidvev0ogaaklctwbfya2wxdxthsvcwslxpsxrrbfbrcuuwjei0f0y7sf_S23lRROGx6_rf8ps4icgym8zybnv16toukd6ofz89h6ykvgel4lxqwraxahhqigui6cnqix_kenoyA7bOi_prbmif8ymiscwtxh8i19vjw1t3nrixalo0ustydub9gsnroywsfj3ac8bq7y_hnrPxATHw6_os9u7giae4txamajgf3cufuvjhdt7mimd6rzqacr4zu5ne9j8jdhmpeargnt.jpg)
प्रतिक्रिया