बालेनले हटाएका होइनन्, रिपोर्ट धेरै भएपछि फेसबुकले हटाएको हो स्ट्याटस

काठमाडौँ- काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साह बालेनले स्ट्याटस हटाएको नभएर फेसबुक आफैले हटाएको दाबी गरिएको छ । मेयर साहका सचिवालयका अनुसार धेरै रिपोर्ट गरिएपछि फेसबुक आफैले स्ट्याटस हटाएको दाबी गरेको हो ।
मेयर साहले फेसबुकबाट नेकपा एमाले लुम्बिनी प्रदेश सांसद रेखा शर्माले बालशोषण गरेको र उनलाई पक्राउ गर्नुपर्ने भन्दै स्ट्याटस लेखेका थिए । उक्त स्ट्याटसमा रिपोर्ट धेरै परेपछि फेसबुकले हटाएको साहका सचिवालय सदस्य सुरेन्द्र बजागाईंले इकागजलाई जानकारी दिए ।
उनका अनुसार आइतबार पोस्ट भएको उक्त स्ट्याटस आज बिहानबाट फेसबुकले हटाएको हो । स्ट्याटस रिकभर गर्ने प्रयास भइरहेको उनले जानकारी दिए ।
आइतबार सामाजिक सञ्जालमा लेख्दै बालेनले सांसद शर्मालाई अदालतले समेत समाउन आदेश दिँदासमेत किन नसमाएको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रश्न गरेका थिए । उनले प्रधानमन्त्रीलाई भनेका थिए 'तपाईंको सुशासन बालिकाको मृत्युपछि गोहीको आँसु चुहाएर फेसबुकमा समवेदना दिँदै एक लाख घोषणा गर्नु नै होला ?'
एमाले सांसद शर्माले विगत ८ वर्षदेखि एक जना नाबालिकालाई घरेलु कामदारको नाममा हिंसा र कुटपिट गरेको आरोप छ । अदालतले समेत शर्मालाई समाएर आवश्यक मुद्दा अगाडि बढाउन भनिसकेको छ ।

मितेरी सहकारी रकम प्रकरणः ज्योतिबहादुर भण्डारीलाई कम्बोडियाबाट नेपाल ल्याइयो

लेटाङमा नेपालकै सबैभन्दा ठूलो जातो

सर्पले डसेर १३ वर्षीय किशोरको मृत्यु

उच्चको आदेशपछि काममा फर्किए राजु पाण्डे

सावित्री देवी स्मृती प्रतिष्ठानद्वारा स्वास्थ्यकर्मी लामासहित अन्य व्यक्ति सम्मानित

सङ्कलन गरेको गोहीका अण्डाबाट कोरलियो बच्चा

एक किलो अफिमसहित पर्सामा चार जना पक्राउ

प्रतिक्रिया