घुस लिएको आरोपमा रूसी सेनाका जनरल पक्राउ

काठमाडौँ - रूसले घूस लिएको आरोपमा अर्का एक वरिष्ठ सैन्य अधिकारीलाई पक्राउ गरेको छ ।
रक्षा मन्त्रालयको स्रोत विभागमा काम गर्ने मेजर जनरल भ्यालेरी मुमिनजानोभले सेनाको पोशाक आपूर्ति गर्न राष्ट्रिय निजी कम्पनीहरूसँग सम्झौता मिलाउन पदीय मर्यादा विपरीत काम (मध्यस्थता) गरेको अनुसन्धानकर्ताहरूले बताएका छन् ।
'सम्झौताको मध्यस्थताका लागि ती अधिकारीले २० लाख रूबलभन्दा बढीको ठूलो रकम घुस लिएका थिए,' रूसको अनुसन्धान समितिले जनाएको छ ।
'मुमिनजानोभ र उहाँको परिवारका सदस्यहरू मस्को र वोरोनेजमा १२ करोड रूबलभन्दा बढीको असङ्ख्य घर जग्गा र सम्पत्ति छ, जसको वैधता जाँच भइरहेको छ,' उनले थपे ।
उनी दोषी प्रमाणित भएमा उनले १५ वर्षसम्म जेल सजाय भोग्नुपर्नेछ । मस्कोले अप्रिलदेखि कम्तीमा १० सैन्य अधिकारीहरूलाई गिरफ्तार गरेको छ ।
गत हप्ता, पूर्व उपरक्षा मन्त्री पावेल पोपोभलाई मनोरञ्जन पार्कको निर्माणसँग जोडिएको ठगीको आरोपमा पक्राउ गरिएको थियो ।

ड्रोन र मिसाइल आक्रमणको सामना गर्दै युक्रेन, अन्तर्राष्ट्रिय प्रतिबन्धको माग

गाजामा इन्धन आपूर्ति दोस्रो दिन पनि अपर्याप्त : संयुक्त राष्ट्रसंघ

एक अर्ब ३७ करोडको ब्याग, जो हालै एक जापानीले लिलामीमा लिए

डेढ वर्षमा एक लाख ५० हजार रोहिङ्ग्याले बङ्गलादेशमा शरण लिएको राष्ट्रसंघद्वारा प…

चीनले बनायो प्रतिघण्टा ६०० किमी गुड्ने म्याग्लेभ रेल

म्यान्मारको बौद्ध बिहारमा हवाई आक्रमण, २३ जनाको मृत्यु
_0Q0VUv201A_kvt31x87ukqaspt0vuudke45gt9vmpatmrq9ftfj2i8m6kiog2bq3yjrovlf_AFNUDpsKj6_15if3eshn3xxhedwwlg1hta5ucdhylnbxyernldnltz7aqcrujv0uuzzmnww_A3DxqOYBXA_qydzohbuqx6qc3soelnfq5co1vrusc2sapiwh0wix5cuvjp9wu5xfatfdgue_rc0WBSrQ3y_bicqfkfdwtxyo171jxygaxdpb3agvkbbo5beapjhuxwgpi7boltnklxtt48i_KBqAHzumYr_bugauevmqxkps2npfc8nqhpwfag9j8yhyfieqfcbra38ilk0hsuaeztf4uk0_t9faBLRwNW_742rs87t3ywwabovmxnmnrdnfi5eb4r9nx2hwd8lyqqbbzhttsmqelt5r7td.jpg)
पाकिस्तानमा मनसुनको प्रकोप : ९८ जनाको मृत्यु, १८५ भन्दा बढी घाइते

प्रतिक्रिया