गृहमन्त्रीसँग भारतीय राष्ट्रिय रक्षा महाविद्यालयको टोलीको शिष्टाचार भेट

काठमाडौँ - गृहमन्त्री रमेश लेखकसँग नेपाल अध्ययन भ्रमणमा रहेको भारतीय राष्ट्रिय रक्षा महाविद्यालय (एनडिसी) का शिक्षार्थीहरुको प्रतिनिधिमण्डलले सोमबार शिष्टाचार भेट गरेको छ ।
सिंहदरबारस्थित गृह मन्त्रालयमा भएको भेटमा गृहमन्त्री लेखकले नेपाल र भारतका सुरक्षा निकायबीच सीमा सुरक्षा, लागूऔषध नियन्त्रण र मानव बेचबिखन नियन्त्रणमा थप सहकार्य हुनुपर्नेमा जोड दिए ।
भेटका अवसरमा कलेजका प्रतिनिधि सन्दिप एस सन्दु लगायत शिक्षार्थीहरूको सहभागिता रहेको थियो ।
टोलीले यसअघि आजै प्रधानमन्त्री केपी शर्मा ओलीसँग पनि भेटवार्ता गरेको थियो ।

प्रधानमन्त्री ओली तुर्कमेनिस्तानमा

पहिरोले चीन जोड्ने सडकको बेहाल, भोटेकोशी गाउँपालिकाले गरायो मन्त्रालयको ध्या…

निर्मला प्रकरण नयाँ शिराबाट अनुसन्धान गर्न सिआइबीलाई गृहमन्त्री लेखकको निर्देशन

स्वास्थ्य सेवा प्रवाहमा नर्सहरुको भूमिका महत्वपूर्णः परराष्ट्रमन्त्री राणा

संविधान र लोकतान्त्रिक प्रणाली नमान्नेहरुले संसद्मा अवरोध गरिरहेका छन्ः प्रधानम…

नेपाल र चीनबीचको सम्बन्ध पारस्परिक सम्मान र जनस्तरको आत्मियताले अझ समृद्ध बनेको…

मिडिया काउन्सिल विधेयकमाथि सञ्चारमन्त्री र पत्रकारबीच छलफल

प्रतिक्रिया