थापाथलीमा ट्रक र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु

काठमाडौँ : काठमाडौँको थापाथलीमा ट्रक र मोटरसाइकल ठोकिँदा एकजनाको मृत्यु भएको छ । थापाथलीबाट माइतीघरतर्फ जाँदै गरेको ना ६ ख ३३०२ नम्बरको ट्रक र माइतीघरबाट थापाथली जाँदै गरेको प्रदेश-०२-०२६ प ११८१ नम्बरको मोटरसाइकल एक आपसमा ठोकिँदा दोलखा घर भई काँडाघारी बस्दै आएका २९ वर्षीय अर्बत खड्काको मृत्यु भएको हो ।
दुर्घटनामा गम्भीर घाइते खड्काको उपचारका क्रममा राष्ट्रिय ट्रमा सेन्टरमा निधन भएको प्रहरीले जनाएको छ । दुर्घटनामा रामेछापका २३ वर्षीय कृष्ण खड्का घाइते भएका छन् ।
घाइते खड्काको सोही अस्पतालमा उपचार भइरहेको छ । मृतक खड्का नेपाल विद्यार्थी संघका नेतासमेत थिए । प्रहरीले ट्रक चालक हिरालाल बललाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ । (रासस)

काठमाडौं महानगरले ल्यायो २५ अर्ब ७६ करोडको बजेट

महिनावारी हुँदा गोठमा सुत्न जाँदा ...

जलवायु परिवर्तनसम्बन्धी अन्तर्क्रिया गुफाडाँडामा

झोलुङ्गे पुल निर्माण गरेपछि यात्राअवधि छोटियो

बाँझो जमिनमा तरकारी उत्पादन गर्दै धर्मराज

खडेरीले सुक्न थाल्यो बेतना सिमसार

चन्द्रागिरिका तीन वडा पहिरोको उच्च जोखिममा

प्रतिक्रिया