आज मोती जयन्ती मनाइँदै

काठमाडौँ- राष्ट्रिय विभूति युवाकवि मोतीराम भट्टको एक सय ५९ औँ जन्मजयन्ती आज विभिन्न साहित्यिक कार्यक्रमको आयोजना गरी मनाइँदैछ ।
वि.स १९२३ भाद्र कृष्ण कुशे औँसीका दिन जन्मेर वि.स १९५३ भाद्र कृष्ण कुशे औँसीकै दिन ३० वर्षको उमेरमा निधन हुनुभएका मोतीराम भट्टले नेपाली साहित्यको श्रीवृद्धिका लागि गहन योगदान पुर्याएका थिए ।
नेपाली साहित्यको शृङ्गार रसलाई योगदान दिनुभएका युवाकवि भट्टले आदिकवि भानुभक्तको जीवनी पहिलोपटक प्रकाशनमा ल्याउनुका साथै नेपालमा छापाखानासमेत भित्र्याएका थिए ।
यही छापाखानामार्फत नेपालमा पत्रकारिताको सुरुआत भएको हो । दिवसका अवसरमा आज नेपाली शिक्षा परिषद्लगायत विभिन्न संस्थाले कार्यक्रम आयोजना गर्दैछन् ।-रासस

सिरहामा ८० वर्षीय वृद्धको हत्या

नारायणी नदीको पुलबाट हामफालेर दुई बेपत्ता

चार महिनामा एक हजारभन्दा बढी आगलागीका घटना

यस्तो छ आजको राशिफल

इराकमा तैनाथ शान्ति सैनिक स्वदेश फिर्ता

आर्थिक सङ्कट झेल्दै ‘हाम्रो मायाघर’

भोलिदेखि दिक्तेलका मेयर भट्टराई आमरण अनसन बस्ने

प्रतिक्रिया