मृत बन्धकलाई सम्भावित युद्धविराममा मुक्त गर्ने तयारी थियो : हमास

काठमाडौँ - गाजाको सुरुङमा मृत भेटिएका छ जना इजरायली बन्धकमध्ये केहीलाई युद्धविराम सम्झौता भएको अवस्थामा रिहाइका लागि ‘स्वीकृत’ गरिएको हमासका एक वरिष्ठ अधिकारीले आइतबार बताएका छन् ।
यस विषयमा सार्वजनिक रूपमा बोल्ने अधिकार आफूलाई नभएको भन्ने ती अधिकारीले नाम नबताउने शर्तमा भने,'इजरायली पक्षले फेला पारेका कैदीहरूको केही नामहरू घोषणा गरिएको छ । इजरायलमा रहेका प्यालेस्टिनी कैदीहरूका लागि प्रस्तावित आदानप्रदानका लागि हमासले अनुमोदन गरेको बन्धकहरूको सूचीमा उनीहरू पनि थिए।'
इजरायली सेनाले दक्षिणी गाजा पट्टीको सुरुङमा भेटिएका एक अमेरिकी मुलका इजरायली र एक रूसी मुलका इजरायलीसहित छ जना बन्धकको शव पहिचान गरेको आइतबार जनाएको छ ।
उनीहरुको अवशेष शनिबार ‘रफाह क्षेत्रको भूमिगत सुरुङबाट’ फेला परेको र तिनको औपचारिक रुपमा पहिचान गरिएको इजरायली सेनाले जनाएको छ ।
गत अक्टोबर ७ मा दक्षिणी इजरायलमा हमासले गरेको आक्रमणका क्रममा प्यालेस्टिनी लडाकूले कब्जामा लिएका कार्मेल ग्याट, इडेन येरुशाल्मी, हर्श गोल्डबर्ग–पोलिन, अलेक्जेन्डर लोबानोभ, अल्मोग सारुसी र ओरी डानिनोको शव पहिचान गरिएको हो ।

अष्ट्रेलियामा बिपक्षी नेताले नै हारे चुनाव, २० बर्ष पछि लेवर पार्टी बहुमतमा

अमेरिकाद्वारा युक्रेनलाई तीन अर्ब १० करोड बराबरको सैन्य सहयोग घोषणा

गाजामा इजरायली आक्रमण : तीन शिशुसहित ११ जनाको मृत्यु

दक्षिण कोरियाको कन्जरभेटिभ पार्टीद्वारा राष्ट्रपति पदका लागि उम्मेदवार घोषणा

भारतको गोवामा मन्दिरमा भागदौड मच्चिँदा छ जनाको मृत्यु, ५० जनाभन्दा बढी घाइते

क्यानडाको चुनावमा २२ पञ्जावी विजयी, संघीय संसदमा ६ प्रतिशत प्रतिनिधित्व

रोग नियन्त्रणमा अमेरिकी वैज्ञानिकको आधुनिक पहल

प्रतिक्रिया