सम्पदा संरक्षण विषयमा स्नातक तहमा अध्ययन अध्यापन हुने

भक्तपुर - सम्पदा संरक्षणका लागि दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यले नेपालमै पहिलोपटक स्नातक तहमा सांस्कृतिक सम्पदा संरक्षणको अध्ययन अध्यापन हुने भएको छ । भक्तपुरस्थित रवीन्द्र पुरी फाउन्डेसन फर कन्जरभेसन (आर.पी. फाउन्डेसन) ले काठमाडौँ विश्वविद्यालयको सम्बन्धनमा सम्पदा संरक्षण विषयमा चारवर्षे स्नातक तहको अध्ययन–अध्यापन यसै वर्षदेखि सुरु गर्ने भएको हो ।
आज यहाँ आयोजित एक कार्यक्रममा काठमाडौँ विश्वविद्यालयका उपकुलपति प्राडा भोला थापाले अध्ययन अध्यापन कार्यको उद्घाटन गरे । उनले नेपालमै पहिलोपटक सम्पदा संरक्षणमा स्नातक तहमा पढाइ सुरु हुनु खुसीको विषय भएको बताए ।
सम्पदा संरक्षणको क्षेत्रमा नयाँ र दक्ष जनशक्ति उत्पादनका लागि अध्यापन सुरु गर्न आफूले भूमिका खेले पनि अब यसबाट लाभ लिन सबै पक्षको योगदान जरुरी रहेको धारणा राखे । उनले सैद्धान्तिक कुराका साथै स्थलगत अभ्याससमेत गरिने यस विषयले सम्पदाको क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्न नयाँ फड्को मार्ने विश्वास व्यक्त गरे ।
कार्यक्रममा नेपालका लागि जर्मनी राजदूत डा थोमस प्रिन्जले यस कार्यले भक्तपुरका उत्कृष्ट सम्पदाहरूको संरक्षणसँगै नेपालका सम्पदाबारे जान्न नयाँ पुस्ताका लागि अवसर भएको बताए ।
फाउन्डेसनका प्रमुख एवं सम्पदाविद् रवीन्द्र पुरीले नयाँ पुस्तालाई सम्पदा संरक्षणमा आकर्षित गराएर देशको दक्ष जनशक्ति उत्पादन गर्न काठमाडौँ विश्वविद्यालयसँगको सम्बन्धन र सहयोगले कार्यक्रम सुरु भएको बताए ।
हरेक वर्ष २० देखि ४० जना जनशक्ति उत्पादन गरिने भन्नुहुँदै उहाँले यस वर्ष २० जनाका लागि भर्ना प्रक्रिया सुर गरिएको जानकारीसमेत दिए ।
पनौती नगरपालिकाका प्रमुख रामशरण भण्डारीले सम्पदा संरक्षण क्षेत्रमा जनप्रतिनिधिलाई समेत आवश्यक ज्ञान दिन यस कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे । उनले नगरपालिकाले यहाँको सम्पदा पूजा पद्धतिको अभिलेखीकरण सुरु गरेको बताउँदै यसमा सबैको सहयोग आवश्यक रहेको बताए ।
कार्यक्रममा काठमाडौँ विश्वविद्यालयअन्तर्गत स्कूल अफ इन्जिनियरिङका डिन प्राडा मनिष पोखरेलले यहाँका अमूल्य मूर्त तथा अमूर्त सम्पदाको संरक्षणमा अध्ययन अध्यापन कार्य कोसेढुङ्गा साबित हुने बताए ।

भैरहवामा धम्म यात्रा, बाटोमा फूल छरेर भिक्षुको स्वागत

ठमेलमा होली हंगामा हुँदै

भोजपुरको प्रसिद्ध सिद्धेश्वर शिवपञ्चायन मन्दिर संरक्षण गर्दै स्थानीयवासी

संस्कृति पुनर्जीवित गर्दै बागलुङ बजारका स्थानीय

मेलामार्फत लोक संस्कृति संरक्षण गरिँदै

जोखिमयुक्त झोलुङ्गे पुलमार्फत यात्रा गर्न बाध्य भक्तजन

हराउँदै ढिकीजाँतोको प्रचलन

प्रतिक्रिया