शेर्पाको साहसका कारण सगरमाथा विश्वमा चिनिन मद्दत पुगेको छः मन्त्री पाण्डे

काठमाडौँ - संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले शेर्पाहरूको साहसका कारण नै सगरमाथा विश्वमा चिनिन मद्दत पुगेको बताएका छन् ।
ओखलढुङ्गाको खिजीदेम्बा गाउँपालिकाले आयोजना गरेको ‘सगरमाथा आरोहीहरूलाई सम्मान’ कार्यक्रममा उनले यस्तो बताएका हुन् ।'डोरी टाङ्नेदेखि आरोहीलाई शिखरमा पुर्याउने काममा शेर्पाहरूले योगदान गरेकै कारण पर्वतारोहण सहज तथा सफल भएको छ । यसैले शेर्पाका कारण सगरमाथा विश्वमा चिनिन थप मद्दत पुगेको मेरो बुझाइ छ', मन्त्री पाण्डेले भने ।
कार्यक्रममा सगरमाथाको सफल आरोहण गर्ने खिजीदेम्बा गाउँपालिकाका ४६ जनालाई सम्मान गरिएको थियो । सम्मानित हुनेहरूमा कान्छो सगरमाथा आरोही जम्बले शेर्पादेखि २२ पटक सगरमाथा आरोहण गर्ने जाङ्बु शेर्पासम्म रहेका छन् । कार्यक्रममा पालिकाको सद्भावनादूतमा कुङ्गा शेर्पालार्ई घोषणा गरिएको थियो ।

एसइईमा ग्रेड प्राप्त विद्यार्थीलाई प्रधानमन्त्रीको बधाई

उर्जामन्त्री खड्का र चीनका राष्ट्रिय ऊर्जा प्रशासनका प्रशासकबीच भेट

ऊर्जा सुरक्षा आधुनिक जीवनको आधारभूत आवश्यकता : मन्त्री खड्का

विदेशमा रहेका नेपालीको सूचना संकलन गर्न ‘श्रम संसार एप’ सञ्चालनमा

संस्कृत विश्वकै सम्पत्तिः राष्ट्रपति पौडेल

सरकार बहुभाषिक पहिचान प्रवद्र्धनमा सरकार प्रतिबद्ध छः मन्त्री पाण्डे

नेपाली गीत सङ्गीत विश्वभर गुञ्जिन थालेको छ: मन्त्री पाण्डे

प्रतिक्रिया