थप ३० को मृत्यु, २ हजार १६ संक्रमित थपिए, ४ हजार ९०० संक्रमणमुक्त

काठमाडौँ : नेपालमा शनिबार थप २ हजार १६ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । देशभर गरिएको ४ हजार ७ सय ४ पीसीआर परीक्षणका क्रममा १ हजार १ सय ७४ र ४ हजार ८ सय ६ वटा एन्टीजेन परीक्षणका क्रममा ८ सय ४२ जनामा कोभिड पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको हो ।
त्यस्तै कोभिडका कारण थप ३० जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा ८ हजार ९ सय ७५ जनाको कोभिडका कारण मृत्यु भएको छ । त्यस्तै थप ४ हजार ९ सय १४ संक्रमित निको हुँदा हालसम्म नेपालमा ५ लाख ८१ हजार ३ सय २७ जना निको भएका छन् ।
हाल नेपालमा ४२ हजार २४ सक्रिय संक्रमित आइसोलेशन र ३६१ जना क्वारेन्टाइनमा छन् । हालसम्म नेपालमा ३३ लाख १७ हजार ३९ वटा पिसिआर र १ लाख ७१ हजार ११३ एन्टीजेन परिक्षण गरिएको मन्त्रालयले जनाएको छ ।

न्यूनतम सेवा मापदण्डमा भरतपुर अस्पताल प्रथम

दुर्घटनामा ज्यान गुमाएका १८ वर्षीय युवकको मिर्गौला र कलेजोबाट दुई जनाले पाए …

अब आँपको दाना नफाल्नुहोस्, यसवाट मिल्नेछ ५ फाईदा

गर्भनिरोधक औषधी धेरै खानेहरूमा ३ गुणा बढी स्ट्रोक हुने खतरा

पानीसँगै यसपटक डेङ्गी सङ्क्रमणको जोखिम पनि बढ्ने

यी हुन् गाजर खानुको १० फाइदा

श्रमिकको स्वास्थ्योपचारको सम्पूर्ण जिम्मेवारी रोजगारदाता राष्ट्रले लिनुपर्ने प्रस्ता…

प्रतिक्रिया