'पठाओ पार्सल डेलिभरी महोत्सव' सुरु, नेपालभर १ रुपैयाँमै पार्सल डेलिभरी

काठमाडौँ- नेपालकै ठूलो डेलिभरी नेटवर्क भएको पठाओ पार्सलले एक महिनासम्म नेपालभर १ रुपैयाँमै सामान डेलिभरी गर्ने भएको छ । व्यवसायहरूले 'पठाओ पार्सल डेलिभरी महोत्सव' अन्तर्गत आगामी भदौ १६ देखि असोज १४ गतेसम्म यो सेवा पाउने भएका हुन् ।
काठमाडौँ उपत्यकाका साना-ठूला सबै व्यवसायलाई नेपालभर पुर्याउने उद्देश्यले एक महिने 'पठाओ पार्सल डेलिभरी महोत्सव' सुरु गरिएको पठाओ नेपालको मार्केटिङ डाइरेक्टर सुरक्षा हमालले बताइन् ।
पठाओले हाल नेपालका ३ सयभन्दा बढी स्थानमा पार्सल डेलिभरी सेवा दिँदै आएको छ । हमालका अनुसार काठमाडौँका असन, न्यूरोड, कालिमाटी, वनस्थली, कुलेश्वर र चाबहिलमा 'ह्युमन बिल्बोर्ड' डुलाएर कपडा, फेशन, कस्मेटिक, एक्सेसरिज, ग्याजेटलगायत व्यवसाय तथा ग्राहकलाई महोत्सवबारे जानकारी गराइएको छ ।
पठाओ पार्सलबाट काठमाडौँ उपत्यकामा २४ घण्टाभित्र, उपत्यकाबाहिरका मुख्य सहरमा दोस्रो दिन र अन्य स्थानमा ३ दिनभित्र सामान डेलिभरी भैसक्ने पठाओले जनाएको छ ।
सन् २०२३ डिसेम्बरदेखि सेवा सुरू गरेको पठाओ पार्सलले एक वर्ष नपुग्दै हजारभन्दा बढी व्यवसायलाई डेलिभरी सेवा प्रदान गरिसकेको र मासिक ९० हजारभन्दा बढि डेलिभरी गर्ने गरेको हमालले बताइन् ।
पठाओ पार्सलमा मर्चेन्ट बन्नका लागि एन्ड्रोइड प्रयोगकर्ताले प्लेस्टोर तथा आइओएस प्रयोगकर्ताले एप स्टोरबाट पठाओ मर्चेन्ट एप डाउनलोड गरि सेवा लिन सक्नेछन् । त्यस्तै pathao.parcel.com बाट पनि एप डाउनलोड गर्न सकिन्छ ।
पठाओ पार्सलमा आवद्ध भएका मर्चेन्टको आफ्नो छुट्टै प्रोफेसनल ड्यासबोर्ड हुने र त्यहाँबाट नै पेमेन्ट डिटेलका साथै आफ्नो पार्सल कहाँ पुग्यो भनेर ट्रयाक गर्न मिल्ने सुविधा छ । डेलिभरीबापत जम्मा भएको पैसा ४८ घण्टाभित्रै मर्चेन्टको खातामा जम्मा हुने हमालले जानकारी दिइन् ।
नेपालका सबैजसो प्रमुख सहरमा आफ्नै नेटवर्क रहेकाले पठाओ पार्सल देशकै ठूलो डेलिभरी कम्पनी भएको हमालको दाबी छ ।

सुनको मूल्य घट्यो

राष्ट्र बैंकले गर्यो पेवेल नेपाल र सजिलो पे पेमेन्टको अनुमतिपत्र खारेज

आन्तरिक राजस्व कार्यालय वीरगञ्जद्वारा ८ अर्ब ५२ करोड राजस्व सङ्कलन
_QZrNGSgWPe_48ubebwgi7xazprqxylgl5vq2ihohqgcqq8eac7cdiqok2hbwys03um1z07k_o5xvjXNaGe_6livrhk15p5munm8ozfuljnc5y3w6dnvxrnucn8hyys81ipuetminxvr4yb6_mI6dkoLXJJ_jp0vnajk8zwcv3xubmt3v6uk3l6jowptp2xjoc4kevwjjllbndvn7rb9lsip.jpg)
देशको पहिलो ‘फ्लाई ओभर’ निर्माण सकियो, प्रधानमन्त्री ओलीले आज उद्घाटन गर्दै

कतिमा कारोबार हुँदैछ विदेशी मुद्रा ?

याङ्गोले ल्यायो दैनिक चार हजारसम्म कमाउने अफर

सुनचाँदीको मूल्य सामान्य घट्यो, आज कतिमा कारोबार हुँदैछ?

प्रतिक्रिया