'सीसीटीभी जडान भयो, अब अपराधमा नियन्त्रण आउँछ'

काठमाडौं : महानगरीय प्रहरी कार्यालयका प्रमुख डिआइजी विश्वराज पोखरेलले सीसीटीभी जडानसँगै उपत्यकाको अपराध नियन्त्रणमा आउने बताएका छन् । चन्द्रागिरी नगरपालिकाअन्तर्गत नागढुङ्गा–कलङ्की सडकखण्डमा जडान गरिएका अत्याधुनिक सीसी क्यामराको ‘समुद्घाटन तथा हस्तान्तरण समारोह’मा उनले अपराध नियन्त्रण, अनुसन्धान तथा सडकमा हुने ट्राफिक जाम सडक दुर्घटना न्यूनीकरणमा सहज पुग्ने बताए ।
'आम नागरिकको विकास समृद्धि र सुरक्षाको लागि सरकार र नागरिक दुवैको दायित्व उत्तिकै छ, सबै मिलेर सरकारले परिकल्पना गरेको ‘समृद्ध नेपाल, सुखी नेपाली’ नारा पूरा गर्नुपर्छ', उनले भने । समाजमा हुने घटना र दुर्घटना न्यूनीकरणको लागि सडकमा राखिएको सीसी क्यामराले अपराध अनुसन्धानमा निकै फलदायी हुने उनको भनाइ छ ।
नगरपालिकाका प्रमुख घनश्याम गिरीले राजमार्ग क्षेत्रमा हुने अपराध नियन्त्रणका लागि नगरपालिकाको एक करोड लागतमा अत्याधुनिक प्रविधिको सीसी क्यामरा जडान गरेको जानकारी दिए । महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) जनक भट्टराई, महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक अशोक सिंहले समाजमा अपराध मुक्त र दुर्घटना मुक्त बनाउने अभियानलाई सार्थकता प्रदान गर्न र ट्राफिक व्यवस्थापनमा सीसीटीभी महत्वपुर्ण हुने बताए ।
नगरपालिकाका प्रवक्ता एवम् वडा–११ का वडाध्यक्ष हरिभक्त महर्जनले चन्द्रागिरिले सबै वडामा सीसी क्यामरा जडान गर्ने बताए । मुख्य राजमार्ग क्षेत्रमा नगरपालिकाले सिसी क्यामरा जडान गरेपनि भित्रि बाटोमा भने वडाले सिसी क्यामरा जडान गर्ने प्रवक्ता महर्जनको भनाइ छ । नगरपालिका–२ नागढुङ्गादेखि १५ वडा कलङ्कीसम्म राजमार्ग क्षेत्रमा ६८ क्यामरा जडान भएका छन् । उक्त क्यामराको निरीक्षण महानगरीय प्रहरी कार्यालय रानीपोखरीले गर्नेछ । रासस

मुग्लिनमा मापसे गरेका चालकले बस एकआपसमा ठोक्काए, प्रहरीले लियो नियन्त्रणमा

२५ वर्षमा बाल मृत्युदरमा ७८ प्रतिशतले कमी
_dFhR7ZzbOe_nzzcejongiwyxgvqjfrhtywapllf6fz2m166326sv2wepmifeccwdtjtbmik_Pi79PEkbCk_zaimcrfycqxnuucpanejfo8b0ogjsadbxefetzvkq41cwhhmhhds7nhnzu4v.jpg)
‘मिसेस टुरिजम क्विन इन्टरनेशनल–२०२५’ मा नेपाललाई ऐतिहासिक सफलता, डा मल्लले …

एउटै आमाको कोख, एउटै बाबुको सपना : जो छन् प्रहरीको नेतृत्वमा

स्पार्क एड्भेञ्चरमा दुइ दर्जन बढी सेलिब्रेटी सहभागी हुने, वैशाख २७ गते रुम्झाटा…

जन्ती पुर्याएर फर्किएको बस त्रियुगाको बाढीले बगायो

सेनाद्वारा बृहत स्वास्थ्य शिविर सञ्चालन

प्रतिक्रिया