शुक्रबार २६ बैशाख, २०८२
Friday, May 09, 2025

तीस दिन भित्र विश्वासको मत लिन्छौँ - मुख्यमन्त्री कार्की

फाइल फाेटाे

काठमाडौँ - कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले तीस दिन भित्र विश्वासको मत लिने बताएका छन् । 

विराटनगरमा संचारकर्मीहरूसँग कुरा गर्दै मुख्यमन्त्री कार्कीले नेकपा माओवादी केन्द्रले औपचारिक रुपमा समर्थन फिर्ता लिएकाले संविधान र कानुन अनुसार ३० दिन भित्र विश्वासको मत लिने बताए । 

उनले विश्वासको मतका लागि मिति भने तय भइनसकेको बताए । प्रदेशसभामा काँग्रेस–एमालेको दुई तिहाई भएपनि विश्वासको मत लिने उनले बताए । उनले माओवादी प्रतिपक्षीमा रहेपनि जनताका मुद्दामा साथ र सहयोग पाउने विश्वास व्यक्त गरे । 

माओवादीले समर्थन फिर्ता लिएसँगै मुख्यमन्त्री कार्कीले विश्वासको मत लिने तयारी गरेका हुन् ।