आर्सनलले स्टर्लिङलाई 'लोन'मा भित्र्यायो

काठमाडौँ- इङल्याण्डका विंगर रहीम स्टर्लिङलाई प्रिमियर लिग क्लब आर्सनलले 'लोन'मा भित्र्याएको छ ।
खेलाडी ट्रान्सफर विन्डोको अन्तिम समयमा स्टर्लिङलाई आर्सनलले चेल्सीबाट 'लोन'मा भित्र्याएको हो । मिडिया रिपोर्टका अनुसार स्टर्लिङका लागि आर्सनलले उनको पारिश्रमिकको आधा रकम तिर्ने सहमतिपछि भित्र्याएको हो । चेल्सीमा उनको पारिश्रमिक करिब ४ लाख डलर प्रतिसाता रहेको थियो । अब आर्सनलले सो पारिश्रमिकको करिब आधा रकम चेल्सीलाई तिर्ने सहमति भएको बताइएको छ ।
लामो समय म्यानचेस्टर सिटीबाट खेलेका स्टर्लिङले सिटीका लागि ३३९ खेलमा १३१ गोल गरेका छन् भने चेल्सीमा दुई सिजनमा ८१ खेलमा १९ गोल गरेका छन् ।
इङल्याण्डका लागि ८२ खेल खेलेका स्टर्लिङले २० गोल गरेका छन् । उनी सन् २०२२ देखि इङल्याण्डको राष्ट्रिय टिमबाट बाहिर रहेका छन् ।

तेस्रो रुकुम कप भलिबलको उपाधि बौदीकालीलाई

नेपाल र हङ्कङबीचको खेल बराबरी

महिला फुटबल टोली प्रशिक्षकलाइ नियुक्ति पत्र हस्तान्तरण
महिला फुटबल : नेपाल थाइल्यान्डसँग पराजित

रियल म्याड्रिडको संघर्षपुर्ण जित

एन्फाको साधारण सभामा गणेश थापाले प्रवेश नपाएपछि तनाव

फ्रान्समा साम्बाको ह्याट्रिकले तहल्का

प्रतिक्रिया