माथिल्लो मनाङमा खाद्यान्न अभाव

मनाङ : अविरल वर्षासँगै आएको बाढीले गर्दा माथिल्लो मनाङको ङिस्याङमा खाद्यान्न अभाव भएको छ । बाढी पहिराले सडक अवरुद्ध भएकाले ङिस्याङमा आपूर्ति हुन नसक्दा खाद्यान्न अभाव भएको हो ।
जिल्लामा होटेल व्यवसाय चल्ने हुँदा होटेलले केही मात्रामा भण्डारण गरे पनि निरन्तर सामग्री आपूर्ति गर्न नसक्दा विपद्को समयमा खाद्यान्न अभाव भएको स्थानीयवासी विनोद गुरुङले जानकारी दिए । पर्यटकीय क्षेत्र भएकाले जिल्लामा भण्डारण कम र दैनिक ढुवानी हुने हुँदा होटेल व्यवसायीले खाद्यान्न भण्डारण गर्ने गरेकाले अहिले समस्या परेको गुरुङले बताए ।
बाढीपहिराले जिल्लाका एक गाउँबाट अर्को गाउँमा जान सक्ने अवस्था छैन । त्यसैले खाद्य सामग्री अभाव हुँदै गएको बताइएको छ । मस्र्याङ्दी नदीमा बाढीको सतह कम हुने अवस्था छैन । वर्षा हालसम्म पनि निरन्तर रहेकाले माथिल्लो मनाङमा बाढीको प्रभाव देखिन थालेको स्थानीयवासी बताउँछन् ।

ज्यामरुककोट क्षेत्रका कुवा र पँधेरा नासिए

बागलुङमा सात करोड ६६ लाखमा पुल निर्माण

पहिलेको चरिचरन, अहिलेको पर्यटकीय गन्तव्य

ध्यानका लागि प्रभुचेलामा बन्यो पूर्वाधार

पर्यटक र पूर्वाधार कुरेर बसेको लाखेत

पाँच शताब्दी पुरानो गुम्बा जीर्णोद्धार
सुन्दरबजारबाट बसाइँसराइ गर्नेको सङ्ख्या बढ्यो

प्रतिक्रिया