वैकल्पिक सरकार बन्ने अवस्था नदेखिएपछि नयाँ जनादेश आह्वान : पौडेल
काठमाडौँ : गृह तथा अर्थमन्त्री विष्णु पौडेलले प्रतिनिधि सभाले वैकल्पिक सरकार बनाउन नसक्ने अवस्था आएपछि नयाँ जनादेशमा जान बाध्य भएको बताएका छन् । शनिबार कालीगण्डकी तिनाउ डाइभर्सन बहुउद्देश्यीय आयोजना कार्यालयको बुटवलमा उद्घाटन गर्दै पौडेलले राजनीतिक स्थिरता र देशलाई निकास दिन पनि बाध्य भएर सरकारलाई ताजा जनादेशमा जानु पर्ने बाध्यता सिर्जना भएको बताएका हुन् ।
संविधान निर्माणपछि राजनीतिक मुद्दामा नभई विकास र समृद्धिमा लाग्नु पर्ने बेलामा देशमा अनपेक्षित दृश्य देखा परेको जानकारी दिए । पौडेलले अनेकौ समस्याबीच पनि सरकारले निर्वाचनमा व्यक्त गरे अनुसार विकासका कामहरु पूरा गरेको बताए । उनले विकासको अभियानमा सबै एक भएर अघि बढ्नुपर्ने बताए ।
कालीगण्डकी नदीको राम्दी पुलदेखि २ दशमलब ३ किलोमिटर तल रहेको रम्भा गाउँपालिका-३ क्षेत्रबाट २७ किलोमिटर सुरुङ हुँदै पाल्पाको तिनाउ-३ दोभानमा पानी खसाल्ने योजना छ । सुरुङ मार्फत ८२ घनमिटर प्रतिलिटर पानी ल्याएपछि दोभान ड्याम निर्माण गरी ५४ मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य रहेको छ भने दोभानबाट ७ किलोमिटर सुरुङहुँदै रुपन्देहीको बुटवल उपमहानगर-१३ बेलबासमा पानी खसाली ७२ मेगावाट विद्युत उत्पादन हुने मन्त्री पौडेलले जानकारी दिए ।

एकीकृत समाजवादी र नेकपा एकता राष्ट्रिय अभियानबीच एकता हुने

जन्मोत्सवमा राप्रपाका वरिष्ठ नेता जबरालाई जनसम्मान

नेपाली राजनीतिमा कँडेलको योगदान स्मरणयोग्य छः सभापति देउवा

माओवादीको नेतृत्वमा १२ वामपन्थी दलले आज काठमाडौँमा प्यालेस्टाइनको पक्षमा प्रदर्…

राष्ट्रियसभाको बैठक बस्दै, सम्भावित कार्यसूचीमा के छ ?

कांग्रेसले गरायो निर्वाचनमा असहयोग गर्ने २६ नेता कार्यकर्तालाई सचेत

आजपाले माग्यो खानेपानी मन्त्री यादवको राजिनामा

प्रतिक्रिया