राष्ट्रपति पौडेललाई भक्तपुरमा नागरिकले भने: पञ्चायतमा ढुंगा हान्थिम, आज बोल्न नपाइने भयो
'कांग्रेसले देशलाई कस्तो अवस्थामा लगेको छ त्यता ध्यान दिनू'

काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलले भक्तपुरबाट सार्वजनिक स्थलको भ्रमण सुरु गरेका छन् । शुक्रबार उनी भक्तपुर दरबार स्कवारबाट परिसर हुँदै विभिन्न स्थानको अवलोकन गर्ने कार्यक्रम रहेको छ ।
यो समाचार लेखिरहँदा उनी भक्तपुरमै छन् । सोही क्रममा विभिन्न व्यक्तिहरूको भनाइहरू पनि उनले सुनेका छन् । राष्ट्रपति पौडेलले अवलोकन गरिरहँदा उपस्थिति एक व्यक्तिले देश एकदम जटिल अवस्थामा रहेको बताएका छन् ।
राष्ट्रपति पौडेलतर्फ हेर्दै ती नागरिकले भने,’ भक्तपुरबाट हरेक काम हुन्थ्यो । भक्तपुरको कांग्रेसबाट सबै काम खत्तम हुन्थ्यो । आज कांग्रेस कुन अवस्थामा छ । कांग्रेसले देशलाई कस्तो अवस्थामा लगेको छ त्यसलाई राम्रोसँग ध्यान दिनुहोला । म धेरै कुरा बोल्दिन । सबैको एकदिन जानु छ । जानुभन्दा अगाडि देश तपाइहरूको हातमा छ । देशलाई सही ट्रयाकमा लानुहोस ।‘
उनले नेताहरूलाई सही ट्रयाकमा आग्रह गरे । भीडबाट उनले अगाडि थपे,’ पञ्चायतमा हामीले ढुंगा हानेको थिइम आज बोल्न पनि नपाइने भइसकेछ ।‘

लायन्स अन्तरास्ट्रिय जिल्ला ३२५–आर को पहिलो क्याबिनेट बैठक शनिबार काठमाडौँमा

जामुन मधुमेहका बिरामलाई बरदान, चार तरिकाले सकिन्छ खान
आज साउन १५ : खीर खाएर मनाइँदै

राशिफलमा यस्तो छ आज तपाईंको भाग्य

जडीबुटीमा पानी टयांकर र मोटरसाइक दुर्घट्ना, एकजना गम्भीर घाइते

जडीबुटीमा पानी टयांकर र मोटरसाइक दुर्घट्ना, एकजना गम्भीर घाइते

कास्कीमा पहिरोमा पुरिएर एकको मृत्यु, एक घाइते

प्रतिक्रिया