एम्बाप्पेको जादु चलेन, रियल म्याड्रिड बराबरीमा रोकियो

काठमाडौँ- स्पेनिस ला लिगा अन्तर्गत रियल म्याड्रिड बराबरीमा रोकिएको छ ।
गएराति भएको खेलमा रियल म्याड्रिड लस पालमाससँग १-१ गोलको बराबरीमा रोकिएको थियो । लस पलमासले खेलको पाँचौं मिनेटमा नै अल्बेर्टो मोलेरिओको गोलमा शुरुवाती अग्रता लिएको थियो । त्यसपछि खेलको ५९औं मिनेटमा रियल म्याड्रिडका भिनिसियस जुनियरले पेनाल्टीबाट गोल गर्दै खेल बराबरी गरेका थिए ।
यस सिजनको तेस्रो खेलमा रियल म्याड्रिडको यो दोस्रो बराबरी हो । रियल म्याड्रिडले यससँगै नयाँ सिजनमा औसत शुरुवात गरेको छ । यसै सिजन देखि रियल म्याड्रिडबाट खेलिरहेका किलीयन एम्बाप्पेले अहिलेसम्म आफ्नो प्रभाव देखाउन नसक्दा रियल म्याड्रिड दबाबमा देखिएको छ ।
यो बराबरीपछि रियल म्याड्रिडको ३ खेलमा ५ अंक भएको छ भने लस पलमासको ३ खेलमा २ अंक रहेको छ ।

तेस्रो रुकुम कप भलिबलको उपाधि बौदीकालीलाई

नेपाल र हङ्कङबीचको खेल बराबरी

महिला फुटबल टोली प्रशिक्षकलाइ नियुक्ति पत्र हस्तान्तरण
महिला फुटबल : नेपाल थाइल्यान्डसँग पराजित

रियल म्याड्रिडको संघर्षपुर्ण जित

एन्फाको साधारण सभामा गणेश थापाले प्रवेश नपाएपछि तनाव

फ्रान्समा साम्बाको ह्याट्रिकले तहल्का

प्रतिक्रिया