'हेर्ने कथा' ले देखाएका प्रकाशले सदाका लागि गोरखाको हिमाली भेग छाडे
प्रकाशलाई गाउँपालिकासम्म आइपुग्न दुई दिन लाग्छ : अध्यक्ष लामा

काठमाडौँ- तीन दशकभन्दा बढी गोरखाको चुमभ्यालीमा बिताएका प्रकाश तामाङ (काले मोक्तान) भोजपुर फर्किएका छन् । बिहीबार उनी जनप्रतिनिधिसहितको बिदाइपछि काठमाडौँका लागि हिँडेका हुन् ।
चार दिन लगाएर काठमाडौँ पुग्ने गाउँपालिकाका अध्यक्ष निमा लामाले जानकारी दिए । प्रकाशको साहुले उनलाई १० लाख रुपैयाँ दिने निर्णय गरेको उनले जानकारी दिए ।
'प्रकाशको साहु पनि मध्यम परिवारको रहेछन् । यताउता खोजेर १० लाख रुपैयाँ दिने भएका छन्,' अध्यक्ष लामाले भने, 'हाम्रो गाउँपालिकाले सम्मान स्वरूप एक लाख रुपैयाँ दिने भएको छ ।'
गाउँपालिकासम्म आइपुग्न प्रकाशलाई दुई दिन लाग्ने उनले जानकारी दिए । यहाँबाट उनी काठमाडौँ जाने लामाले इकागजलाई बताए ।
केही दिनअघि ‘हेर्ने कथा’ को ‘हराएका वर्ष’ नामक कथामा एकाएक प्रकाशको जीवनको कथा बाहिरिएको थियो । त्यसपछि सामाजिक सञ्जालमा प्रकाशको व्यापक चर्चा भयो । प्रधानमन्त्री केपी शर्मा ओलीले उनलाई नागरिकता दिलाउन गृहसचिवसँग परामर्श समेत गरेका थिए ।
उनी चुमभ्यालीबाट सिधै काठमाडौँ आउने र काठमाडौँबाट उनी भोजपुर जानेछन् ।
चुमनुब्री गाउँपालिका–७ का अध्यक्ष टसी दोर्जे लामाले बिहीबार जनप्रतिनिधि, प्रकाशका साहु लगायतका अगुवाहरूले प्रकाशलाई बिदाइ गरेका हुन् ।

लायन्स अन्तरास्ट्रिय जिल्ला ३२५–आर को पहिलो क्याबिनेट बैठक शनिबार काठमाडौँमा

जामुन मधुमेहका बिरामलाई बरदान, चार तरिकाले सकिन्छ खान
आज साउन १५ : खीर खाएर मनाइँदै

राशिफलमा यस्तो छ आज तपाईंको भाग्य

जडीबुटीमा पानी टयांकर र मोटरसाइक दुर्घट्ना, एकजना गम्भीर घाइते

जडीबुटीमा पानी टयांकर र मोटरसाइक दुर्घट्ना, एकजना गम्भीर घाइते

कास्कीमा पहिरोमा पुरिएर एकको मृत्यु, एक घाइते

प्रतिक्रिया