टेलिग्रामका मालिक पावेल दुरोभले फ्रान्स छोड्न पाउने छैनन्

काठमाडौँ -मेसेजिङ एप टेलिग्रामका मालिक र संस्थापक पावेल डुरोभलाई फ्रान्स छोड्न प्रतिबन्ध लगाइएको छ।
पेरिसका अभियोजकहरूले म्यासेजिङ एपमा संगठित अपराधको अनुसन्धानको भागको रूपमा पावेल डुरोभलाई फ्रान्समा औपचारिक अनुसन्धान अन्तर्गत राखिएको बताएका छन्।
३९ वर्षीय दुरोभलाई हिरासतमा राखिएको छैन। उनलाई न्यायिक निगरानीमा राखिएको छ । उनले पाँच मिलियन युरो जम्मा गर्नुपर्नेछ।
रुसी मुलका अर्बपति दुरोभ पनि फ्रान्सेली नागरिक हुन् । उनी हप्तामा दुई पटक फ्रान्सेली प्रहरी चौकीमा हाजिर हुनुपर्नेछ । उनलाई फ्रान्सबाट बाहिर जान अनुमति छैन।
गत शनिबार, पावेल दुरोभलाई पहिलो पटक पेरिसको बोर्जेट विमानस्थलमाबाट पक्राउ गरिएको थियो।

इनफिनिक्सले जीटि ३० प्रो ल्यायो

हाल ४५ बिलियनको चिपको व्यापार २०२८ सम्म ५०० बिलियन पुग्ने

भारतले आइफोन बनाए पनि चीनबाट १० प्रतिशत मात्र निकाल्न ८ वर्ष लाग्ने

एक डाक्टरको भविष्यवाणी- सन् २०५० पछि मानिस कहिल्यै मर्दैनन्

ट्रम्पको कर नीति : भारतबाट अमेरिकामा आइफोन निर्यात ७६ प्रतिशतले बढ्यो

ट्रम्प प्रशासन छाडे लगत्तै मस्कले गरे टेलिग्रामसँग ३०० मिलियनको सम्झौता

माइक्रोसफ्टले यस वर्ष ६ हजार कर्मचारी कटौती गर्ने

प्रतिक्रिया