प्रमाण भएर नै रवि लामिछानेले नौ घण्टा बयान दिनुपर्यो : गगन थापा

काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सहकारी ठगी प्रकरणमा रवि लामिछानेले नौ घण्टासम्म बयान दिनुपरेको बताएका छन् ।
प्रतिनिधि सभाको बिहीबारको बैठकमा बोल्ने क्रममा उनले प्रमाण भएर नै संसदमा संघर्ष गरेर समिति बनाइयो र समितिमा लामिछानेले ९ घण्टासम्म बयान दिएको बताएका छन् ।
उनले भने, 'केही दिनदेखि संसदमा केही साथीहरूले प्रमाण खोई ? प्रमाण खोई ? भनेर खोजिराखेको पाएँ । त्यत्रो तथ्य र प्रमाणहरू भएर त होला सम्माननीय सभामुख महोदय, यत्रो संसदमा संघर्ष गरेर समिति बनाइयो ।'
थापाले समितिमा आफूहरूले प्रमाण दिएको उल्लेख गर्दै टिओआरमा कम्पनीको नाम लेख्न लगाएको बताएका छन् ।
उनले भने, 'हामीसँग भएका तथ्य र प्रमाणहरू समितिमा पुगेनन् होला ? हाम्रा साथीहरूले बोकेर जानुभएको छैन होला ? अनि यसमा ख्याल गर्नुभएन ? ९ मिनेटमा चट्ट भनेको ठाउँमा ९ घण्टासम्म अस्ति बयान दिनुपर्ने अवस्था त्यही तथ्य र प्रमाण भएको कारणले आएको होइन होला ?’
आफूलाई सहकारी ठगीबारे गठित संसदीय समितिमाथि आफूलाई पूरा विश्वास भएको बताउँदै थापाले समितिले प्रमाणका आधारमा निर्णय गर्नेमा आफू विश्वस्त रहेको बताए ।
उनले भने, ‘बरु, साथीहरू झुक्किनुभयो कि जस्तै लागेको छ मलाई, बयान हो बयान, फैसला त आउनै बाँकी छ । त्यसैले म त फैसला कुरेर बसिरहेको छु । तथ्य र प्रमाणको आधारमा फैसला आउँछ भनेर कुरेर बसिरहेको छु ।’
संघीय संसदको संयुक्त बैठक बस्दै, राष्ट्रपति पौडेलले सरकारको नीति तथा कार्यक्रम…

अत्यन्त जरुरी सार्वजनिक महत्वको प्रस्तावमा मन्त्रीले समय नदिएको भन्दै माओवादीको आ…
प्रतिनिधिसभा बैठक बस्दै, भन्सार विधेयक पारित गरिने
शिक्षक र चिकित्सकको माग सम्बोधनका लागि माओवादीसहित चार पार्टीद्वारा संसद्मा ज…
‘नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०८१ प्रस्ताव’ सर्वसम्मतिले स्वीकृत

७ मिनेट बसेर राष्ट्रिय सभाको बैठक स्थगित

संसद्को अधिवेशन आजदेखि, यस्तो छ सम्भावित कार्यसूची

प्रतिक्रिया