नर्सिङ क्षेत्रको पढाइका विषयमा देखिएका अन्योलता हटाउन कानुन आवश्यक : शिक्षामन्त्री भट्टराई

काठमाडौँ- शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले नर्सिङ क्षेत्रको पढाइका विषयमा देखिएका अन्योलता हटाउन कानुन आवश्यक रहेको बताएकी छन् ।
बिहीबार प्रतिनिधिसभा बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री भट्टराईले प्राविधिक शिक्षासँग नर्सिङ क्षेत्रको पढाइलाई जोड्न अहिले देखिएका अन्योलता हटाउन कानुन आवश्यक रहेको त्यसका लागि मस्यौदा तयार भइरहेको बताएकी हुन् ।
विद्यालय शिक्षा ऐनलाई छिटो पारित गर्न आग्रह गर्दै मन्त्री भट्टराईले यसले मात्रै यस क्षेत्रमा देखिएका समस्या समाधान हुने विश्वास व्यक्त गरिन् ।
स्वास्थ्य क्षेत्रमा पर्याप्त जनशक्ति उत्पादनका लागि स्वदेशमा नै चिकित्सा क्षेत्रको अध्ययनका लागि विभिन्न स्थानमा शिक्षालय स्थापनका साथै कोटा वृद्धिको विषयमा पनि गृहकार्य भइरहेको उनले जानकारी दिइन् । त्रिभुवन विश्वविद्यालयभित्र हुने बेथिति र समस्या सबैले भोग्नुपरेको भन्दै उनले विश्वविद्यालयलाई स्वायत्त नबनाएसम्म बलियो बनाउन नसकिने धारणा राखिन् ।
मन्त्री भट्टराईले एसईईको पूरक परीक्षामा समेत एनजी ल्याउने विद्यार्थीहरूलाई सीपमूलक बनाउनका लागि सिटिईभिटीमार्फत आवश्यक कार्यक्रम तर्जुमा गर्ने बताइन् ।

‘खेलकुद क्षेत्रको विकासलाई सरकारले प्राथमिकतामा राखेको छ’

निजामती विधेयक प्रकरणः छानबिनका लागि सभामुखलाई अनुरोध

लोकतन्त्र र गणतन्त्रको मर्म अनुसार बजेट आएको छः अर्थमन्त्री पौडेल

‘विद्यालय शिक्षा विधेयक शीघ्र आउँछ’

शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको अर्को सूचना जारी नभएसम्मका लागि बैठ…

बिधेयकका अवस्थाका बारेमा बुझ्न संसदीय समितिका सभापतिसँग सभामुखले छलफल गर्दै

सुनवाइ र राज्यव्यवस्था सहित ४ समितिको बैठक बस्दैँ

प्रतिक्रिया