भीम रावलको प्रश्न- टुँडिखेलमा नाराबाजी किन भयो भनेर खोज्ने की दमनमा उत्रिने ?

काठमाडौँ - नेकपा एमालेका नेता भीम रावलले टुँडिखेलमा नाराबाजी गरेको भनी नेताले मञ्चबाटै गाली गर्नु र पछि गिरफ्तार गराउनु संविधानले दिएको मौलिक अधिकारको उल्लंघन भएको टिप्पणी गरेका छन् ।
सामाजिक सञ्जालमार्फत नेता रावलले जनताले विरोध र आलोचना किन गरेछन् भनी आफूलाई बुझ्ने जनमुखी ठहरिन्छ भने दमनमा उत्रिने निरंकुश स्वेच्छाचारी हुने बताएका छन् ।
उनले भनेका छन्, 'टुँडिखेलमा नाराबाजी गरेको भनी नेताले मञ्चबाटै गाली गर्नु र पछि गिरफ्तार गराउनु संविधानले दिएको मौलिक अधिकारको उल्लङ्घन हो । जनताले विरोध र आलोचना किन गरेछ भनी आफूलाई बुझ्ने जनमुखी ठहरिन्छ भने दमनमा उत्रिने निरंकुश स्वेच्छाचारी । जन आक्रोशको कारण र समाधान खोज्नु जिम्मेवारको कर्तव्य हो ।'
टुंडिखेलमा नाराबाजी गरेको भनी नेताले मञ्चबाटै गाली गर्नु र पछि गिरफ्तार गराउनु संविधानले दिएको मौलिक अधिकारको उल्लङ्घन हो।जनताले विरोध र आलोचना किन गरेछ भनी आफुलाई बुझ्ने जनमुखी ठहरिन्छ भने दमनमा उत्रिने निरंकुश स्वेच्छाचारी।जनआक्रोशको कारण र समाधान खोज्नु जिम्मेवारको कर्तब्य हो।
— Bhim Rawal, PhD (@BhimRawal179) August 29, 2024

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

आतंककारी गतिविधिलाई समर्थन गर्न सकिँदैन : शेखर कोइराला

प्रतिक्रिया