माओवादीले गरेको जनयुद्ध राजनीतिक विचारमा आधारित हिंसा नै हो - रघुजी पन्त

काठमाडौँ - नेकपा एमालेका नेता रघुजी पन्तले माओवादीले गरेको जनयुद्ध राजनीतिक विचारमा आधारित हिंसा नै भएको बताएका छन् ।
बुधबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै पन्तले हिंसाको परिभाषा धेरै हुने भन्दै माओवादीले गरेको जनयुद्ध राजनीतिक विचारमा आधारित हिंसा नै भएको बताएका हुन् । माओवादी हिंसालाई छाडेर शान्तिपूर्ण राजनीतिमा आएपछि संक्रमणकालीन न्यायको बिषय आएको उनको भनाइ छ । उनले हिंसा शब्द गैरसंसदीय नभएको उल्लेख गरे ।
हिंसा शब्द गैरसंसदीय हुने पुष्टि गर्न उनले माओवादीलाई चुनौती दिए । बुधबारको संसद बैठकमा हिंसा शब्दका कारण एमाले र माओवादी सांसदबीच विवाद भएको थियो ।

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

आतंककारी गतिविधिलाई समर्थन गर्न सकिँदैन : शेखर कोइराला

प्रतिक्रिया