ट्रायम्फ मोटरसाइकलको स्पीड ४०० र स्क्याम्बलर ४०० एक्स मोडेल सार्वजनिक

गोल्छा ग्रुप अन्तर्गतको कम्पनी हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा.लि.ले नाडा अटो शोमा ट्रायम्फ मोटरसाइकलको स्पीड ४०० र स्क्¥याम्ब्लर ४०० एक्स मोडेलहरु सार्वजनिक गरेको छ । बेलायती विरासतको प्रतिनिधित्व गर्ने ट्रायम्फका यी मोटरसाइकलले नेपाली बजारमा असाधारण गुणस्तर र पर्फमेन्स पनि भित्राएकाे कम्पनीले जनाएकाे छ।
यी मोटरसाइकलहरुले नेपाली बजारमा पर्फर्मेन्स, सुरक्षा, र डिजाइनको पूर्ण सन्तुलन प्रदान गर्दै मिड–साइज मोटरसाईकल सेगमेन्टलाई पुनःपरिभाषित गर्ने लक्ष्य कम्पनीले राखेकाे छ ।
ट्रायम्फ स्पीड ४००
शहरी क्षेत्रको लागि डिजाइन गरिएको ट्रायम्फ स्पीड ४०० मा ४०० सिसिको टिआर–सिरीज इन्जिन, ६–स्पीड गियरबक्स, स्लिप–असिस्ट क्लच र हलुका फ्रेमसहितको एल्युमिनियम स्विङ आर्म समावेश रहेको छ । यसमा ४३ मिलिमिटरको अपसाइड–डाउन फोक्र्स, प्री–लोड एड्जस्टेबल रियर मोनोशक, र १७–इन्चको एल्युमिनियम ह्वील प्रदान गरिएको छ । साथै ग्राहकले राइड–बाइ–वायर थ्रोटल, स्विचेबल ट्र्याक्सन कन्ट्रोल, एबीएस, एलईडी लाइटिङ र थप सुरक्षाको लागि इम्मोबिलाइजरको सुविधा पनि प्राप्त गर्नेछन् ।
ट्रायम्फ स्क्¥याम्ब्लर ४०० एक्स
ट्रायम्फ स्क्¥याम्ब्लर ४०० एक्सको आकर्षक लुक्स, १९–इन्चको फ्रन्ट ह्वील, र १७–इन्चको रियर ह्वील, हाइ ग्राउन्ड क्लियरेन्स र मजबुत क्षमताले राइडरको साहसिक यात्रालाई नयाँ उचाइमा पु¥याउनेछ । स्क्¥याम्ब्लर ४०० एक्समा ४३ मिलिमिटरको पिस्टन फोक्र्स, एड्जस्टेबल रियर मोनोशक र अफ–रोड कन्ट्रोलका लागि डेडिकेटेड स्क्¥याम्ब्लर एर्गोनोमिक्स सहितको प्रिमियम सस्पेन्सन समावेश रहेको छ । साथै स्विचेबल बुस्च एबीएस, एलईडी लाइटिङ, ह्याण्डगार्ड र एक्सट्रिम अफरोडका लागि थप सुरक्षा प्रदान गरिएको छ ।
यस्ताे छ मूल्य
भदौ ११ देखि भदौ १६ सम्म नाडा अटो शोमा यी मोटरसाइकलहरु बुकिङ गर्ने ग्राहकहरुलाई ट्रायम्फ स्पीड ४०० विशेष मूल्य ६ लाख ३९ हजार ९०० रूपैयाँमा र ट्रायम्फ स्क्¥याम्ब्लर ४०० एक्स विशेष मूल्य ६ लाख ८९ हजार ९०० रूपैयाँमा प्रदान गरिने कम्पनीले जनाएको छ । विस्तृत जानकारीको लागि भृकुटीमण्डपमा जारी नाडा अटो सोको स्टल नं. एम १२ मा एवम् कम्पनीको आधिकारिक सामाजिक सञ्जालमा सम्पर्क गर्न सकिने कम्पनीकाे भनाइ छ ।
नाडा अटो शोमा बजाजले “एक्सप्रेस योर सेल्फ” नामको अन्तरक्रियात्मक थिम पनि सन्चालन गरीरहेको छ । यस अन्तर्गत शोमा आउने अतिथिहरूलाई आफ्नो सिर्जनशीलता र व्यक्तिगत पहिचान प्रस्तुत गर्न प्रोत्साहन गर्ने उद्देश्य राखेको छ ।
यसका लागि बजाजको स्टल एम १२ मा छुट्टै स्पेसको व्यवस्था गरिएको छ जहाँ सहभागीहरूले स्प्रे पेन्ट प्रयोग गरेर खाली क्यानभासमा वा मोटरसाइकलमा नै आफ्नो कलात्मक प्रतिभा देखाउन सक्नेछन् । यस्ता अन्तरक्रियात्मक कार्यक्रम आयोजना गरेर बजाजले आफ्ना उत्पादनहरू प्रदर्शन गर्नुका साथै आफ्ना उपभोक्ताहरूसँग आत्मीयता बढाउने वातावरण पनि सिर्जना गरिरहेको छ ।

नेपालमा दुई नयाँ ट्याब्लेट, शाओमी प्याड ७ र रेड्मी प्याड २ को प्रि बुकिङ खुल्ला

एचएमडी क्रेस्ट म्याक्स फाइभजी नेपाली बजारमा, के-के छ सुविधा ?

एप्पलले चीनबाट उत्पादन बन्द गर्ने, अब अमेरिकामा बोकिने आइफोनमा लेखिनेछ 'मेड …

पकेटमा रकेट : रेडमी ए५ नेपालमा सार्वजनिक, के-के छ विशेषता ?

म्याकडोडो ब्रान्डका पाँच नयाँ प्रोडक्टहरू सार्वजनिक, कति पर्छ मूल्य ?

शाओमी १५ अल्ट्रा भव्य रूपमा नेपालमा सार्वजनिक

अन्तर्राष्ट्रियस्तरको स्किन तथा हेयर ट्रिटमन्ट डिभाइस 'भिभाची' को केकी र रेखाद्वा…

प्रतिक्रिया