सरकारले तत्कालै साझा न्यूनतम कार्यक्रम सार्वजनिक गर्नुपर्छ - सांसद केसी

काठमाडौँ - नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले अहिलेको एमाले–कांग्रेसको संयुक्त सरकारले तत्कालै साझा न्यूनतम कार्यक्रम सार्वजनिक गर्नुपर्ने बताएका छन् ।
बुधबार प्रतिनिधिसभाको विशेष समयमा बोल्दै केसीले अहिलेको गठबन्धन सरकारले गरेको सहमतिको पात्र आफूपनि रहेपनि अहिलेसम्म साझा न्यूनतम कार्यक्रम सार्वजनिक नहुनु राम्रो कुरा नभएकाले तत्काल सार्वजनिक गर्नुपर्ने बताएका हुन् ।
जनतामा देखिएको निराशा चिर्न र अविश्वासलाई विश्वासमा बदल्नका लागि पनि सुशासनको प्रतिवद्धता सहित साझा कार्यक्रम आउनुपर्ने उनको भनाइ छ । केसीले अहिलेको सरकार असफल भए समग्र व्यवस्था असफल हुने भन्दै व्यवहारमा दुई दलले सुशासनका लागि काम गर्नुपर्नेमा जोड दिए ।
उनले चर्चित भ्रष्टाचार काण्डको राष्ट्रिय रुपमा छानबिनका लागि प्रधानन्यायाधीशको नेतृत्वमा न्यायिक आयोग गठन गर्न सुझाव दिए ।
निष्पक्ष काम गर्ने आयोग बनाउने कुरा अहिलेको राष्ट्रिय आवश्यकता भएको उनको भनाइ छ । उनले भ्रष्टाचारमा पाँच वर्षको हदम्याद राखिएकोमा आपत्ति जनाउँदै यस्तो प्रावधानसहितको विद्येयक फिर्ता गरिनुपर्ने बताइन् ।

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

आतंककारी गतिविधिलाई समर्थन गर्न सकिँदैन : शेखर कोइराला

प्रतिक्रिया