बार्सिलोनाको जितमा ओल्मोको डेभ्यु खेलमै निर्णायक गोल

काठमाडौँ- स्पेनिस ला लिगा अन्तर्गत बार्सिलोनाले लगातार तेस्रो खेलमा जित हासिल गरेको छ ।
गएराति भएको खेलमा बार्सिलोनाले रायो भल्लेकानोलाई २-१ गोल अन्तरले पराजित गरेको हो ।
बार्सिलोनाको जितमा आफ्नो डेभ्यु खेल खेलिरहेका डानी ओल्मोले निर्णायक गोल गरेका थिए । यस अघि रायो भल्लेकानोले खेलको नवौं मिनेटमा उनै लोपेजको गोलमा शुरुवाती अग्रता लिएको थियो । त्यसपछि बार्सिलोनाले खेलको ६०औं मिनेटमा पेड्रीको गोलमा खेल बराबरी गरेको थियो ।
यो जितपछि बार्सिलोनाको ३ खेलमा ९ अंक भएको छ र लिगमा शिर्ष स्थानमा रहेको छ । त्यस्तै रायो भल्लेकानोको भने ३ खेलमा ४ अंक रहेको छ ।

तेस्रो रुकुम कप भलिबलको उपाधि बौदीकालीलाई

नेपाल र हङ्कङबीचको खेल बराबरी

महिला फुटबल टोली प्रशिक्षकलाइ नियुक्ति पत्र हस्तान्तरण
महिला फुटबल : नेपाल थाइल्यान्डसँग पराजित

रियल म्याड्रिडको संघर्षपुर्ण जित

एन्फाको साधारण सभामा गणेश थापाले प्रवेश नपाएपछि तनाव

फ्रान्समा साम्बाको ह्याट्रिकले तहल्का

प्रतिक्रिया