गैँडाको हाडखोर फेला पर्यो

चितवन- भरतपुर महानगरपालिका–१८ गाँजीपुरमा गैँडाको हाडखोर फेला परेको छ । चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत डिलबहादुर पुर्जा पुनका अनुसार अन्दाजी तीन महिनाअघि मरेको गैँडाको हाडखोर भेटिएको हो । सोमबार दिउँसो गैँडा मृत भेटिएको हो ।
उनका अनुसार गैँडा बुढो भएर मरेको हो । गैँडाको खाग, खुर सुरक्षित भेटिएको पुनले बताए । हाडखोर मात्रै भेटिएकाले लिङ्ग पहिचान हुन नसकेको उनले बताए । योसँगै निकुञ्ज क्षेत्रमा चालु आर्थिक वर्षको साउनयता चार वटा गैँडा मृत भेटिएका छन् । मृत भेटिएकामध्ये एउटा गैँडा करेन्ट लागेर र दुई वटा बाघको आक्रमणबाट मरेका हुन् ।
'बाघको आक्रमणबाट मरेका गैँडा एक र दुई महिनाका रहेका छन्,' पुनले भने, 'एउटा गैँडाको बच्चा (केटो)लाई उद्धार गरेर ल्याएपछि उपचारका क्रममा मरेको हो भने अर्को केटो जङ्गलमा नै मृतावस्थामा भेटिएको हो । करेन्ट लागेर मरेको गैँडा अन्दाजी १० वर्षको पोथी रहेको थियो ।' रासस

लायन्स अन्तरास्ट्रिय जिल्ला ३२५–आर को पहिलो क्याबिनेट बैठक शनिबार काठमाडौँमा

जामुन मधुमेहका बिरामलाई बरदान, चार तरिकाले सकिन्छ खान
आज साउन १५ : खीर खाएर मनाइँदै

राशिफलमा यस्तो छ आज तपाईंको भाग्य

जडीबुटीमा पानी टयांकर र मोटरसाइक दुर्घट्ना, एकजना गम्भीर घाइते

जडीबुटीमा पानी टयांकर र मोटरसाइक दुर्घट्ना, एकजना गम्भीर घाइते

कास्कीमा पहिरोमा पुरिएर एकको मृत्यु, एक घाइते

प्रतिक्रिया