आइतबार २१ बैशाख, २०८२
Sunday, May 04, 2025

‘नेपाल–भारत सम्बन्धमा सशक्त सहकार्यको अपरिहार्यता छ’

फाइल तस्बिर

काठमाडौं : भारतीय विदेश सचिव हर्षवर्द्धन श्रृंगलाले नेपाल–भारत सम्बन्धमा शसक्त सहकार्यको अपरिहार्यता औँल्याएका छन् । दुई दिने औपचारिक भ्रमणको दोस्रो दिन उनले दुई देशबीचको सम्बन्ध राजनीतिक र जनस्तरमासमेत सवल रहेको बताएका हुन् ।

सम्बन्धमा  तलमाथि भएमा भावी पुस्ताप्रति दुवै मुलुक जवाफदेही हुनुपर्ने धारणा उनको थियो । उनले यस्ता धारणा बिहिबार काठमाडौं ओर्लेदेखि स्वदेश फिर्ता नहुँदासम्म राखे । सबै भेटमा उनले उनले भनेका थिए, ‘हामी एक अर्कामा घनिष्ठ मित्र र छिमेकी हौँ, सँगै काम गर्न आवश्यक छ ।’ 

प्रधानमन्त्री नरेन्द्र मोदी सन् २०१४ मा सत्तामा आएपछि १७ वर्षसम्म माथिल्लो स्तरमा नेपाल तर्फ नभएको भ्रमणलाई चिर्दै भ्रमण भएको थियो । जसले गर्दा छिमेक सम्बन्धलाई अगाडि बढेको थियो । उनले उक्त विषय शुक्रबार ‘दी एसियन इन्स्टिच्युट अफ डिप्लोमेसी एन्ड इन्टरनेसन अफेयर्स’ ले आयोजना गरेको कार्यक्रममा पनि सुनाए । 

‘हामीले हाम्रा युवाहरूको आकांक्षालाई पूरा गर्न आवश्यक छ,’ उनले भने, ‘मोदीले छिमेक सम्बन्धलाई पहिलो प्राथमिकता दिनुभएको छ ।’

भारतमा मोदीले ‘सबका साथ, सबका विकास र सबका विश्वास’ भन्दै मध्य आर्थिक आर्जन गर्ने मुलुकका रूपमा पुर्‍याउने कार्य अघि बढेको छ भने नेपालमा पनि ‘समृद्ध नेपाल, सुखी नेपाली’को लक्ष्यका साथ सरकार काम  गरिरहेकाले सहकार्य सवल हुने देखेको बताए । दुवै मुलुकका राष्ट्रिय सपना पूरा गर्न नेपाल र भारतलाई एकअर्काको आवश्यकता पर्ने पनि स्पष्ट पारेका छन ।

नेपालमा भूकम्प जाँदा होस् या कोरोना संक्रमणका बेला, भारतले नेपाललाई सक्दो सहयोग गरेको र गर्दै जाने पनि उनले बताए । नेपालको जलविद्युत् दक्षिण एसियामै क्लिन इनर्जीका लागि गेम चेन्जर हुने भन्दै सचिव श्रृंगलाले यसले नेपालको अर्थतन्त्रलाई बलियो बनाउने हुनाले त्यसमा सरकारको ध्यान जानुपर्ने सुझाव समेत दिए ।
छ वर्षको अन्तरालमा भारतीय प्रधानमन्त्री मोदीले नेपालको चार पटक भ्रमण गर्नु आफैंमा शुखद र सम्भावना हो ।

नेपालको तर्फबाट निकै पटक प्रधानमन्त्री स्तरको भ्रमण भएकोउनले बताए । यसप्रकारको भ्रमणले हाम्रो राजनीतिक सम्बन्धलाई थप प्रगाढ बनाउने विश्वास पनि उनको थियो ।

समस्या समाधान वार्ताबाट

नेपाल–भारत समस्या समाधानका लागि पर्ने विषय भनेको वार्ता नै हो । त्यसको आवश्यक वार्ता र सहकार्यका लागि हाम्रो व्यस्तताले असर पु¥याएको छैन् । नेपाल भारत सम्वन्ध राजनीतिक तहमा भन्दा जनस्तरमा बलियो रहेको पनि उनले बताए ।

यसलाई थप बलियो बनाउन दुईपक्षीय सहकार्य नै हाम्रो आवश्यकता हो भन्दै उनले भने, ‘भारतले उद्योग तथा व्यापारमा जतिसुकै फड्को मारे पनि नेपालसँगको सहकार्यबिना बजारीकरण कष्टप्रद हुनेछ ।’ यद्यपि हामी सांस्कृतिक र भौगोलिक रूपमा समेत भारत नेपालसँग नजिक रहेको पनि उनले बताए ।

भारतले शिक्षा, पूर्वाधार निर्माण, ऊर्जालगायतका क्षेत्रमा नेपाललाई निरन्तर सहयोग गर्दै आएका पनि उनले बताए । ७७ जिल्लामा भारतले शिक्षा परियोजनामा नेपाललाई सहयोग गरेको छ । ऊर्जाक्षेत्रमा नमुना सहयोगका रूपमा अरुण तेस्रो र मोतिहारी–अमलेखगञ्ज प्ट्रोलियम पाइपलाइनलाई लिन सकिने पनि उनले स्पष्ट पारे ।  

मन्त्री यादव र नेपालका लागि जापानका राजदूत तोरुबीच भेटवार्ता

मन्त्री यादव र नेपालका लागि जापानका राजदूत तोरुबीच भेटवार्ता

परराष्ट्रमन्त्री डा देउवा र भारतीय विदेशमन्त्रीबीच द्विपक्षीय भेटवार्ता

परराष्ट्रमन्त्री डा देउवा र भारतीय विदेशमन्त्रीबीच द्विपक्षीय भेटवार्ता

परराष्ट्रमन्त्री र मल्दोभाका उपप्रधानमन्त्रीबीच भेटवार्ता

परराष्ट्रमन्त्री र मल्दोभाका उपप्रधानमन्त्रीबीच भेटवार्ता

परराष्ट्रमन्त्रीद्वारा युक्रेनका विदेशमन्त्रीसँग वार्ता :युक्रेनी सेनाको कब्जामा रहेका सात नेपालीलाई मुक्त गर्न माग

परराष्ट्रमन्त्रीद्वारा युक्रेनका विदेशमन्त्रीसँग वार्ता :युक्रेनी सेनाको कब्जामा रह…

परराष्ट्रमन्त्री डा राणा नयाँ दिल्लीमा, भारतीय विदेशमन्त्रीसँग भेट्ने

परराष्ट्रमन्त्री डा राणा नयाँ दिल्लीमा, भारतीय विदेशमन्त्रीसँग भेट्ने

प्रधानमन्त्री र इजिप्टका राष्ट्रपतिबीच टेलिफोन संवाद, विपिनको रिहाइका लागि आग्रह

प्रधानमन्त्री र इजिप्टका राष्ट्रपतिबीच टेलिफोन संवाद, विपिनको रिहाइका लागि आग्रह

वनमन्त्री ठकुरी र भारतका वातावरणमन्त्री यादवबिच भेटवार्ता

वनमन्त्री ठकुरी र भारतका वातावरणमन्त्री यादवबिच भेटवार्ता

राष्ट्रपति पौडेलसमक्ष छ मुलुकका राजदूतको ओहोदाको प्रमाणपत्र पेस

राष्ट्रपति पौडेलसमक्ष छ मुलुकका राजदूतको ओहोदाको प्रमाणपत्र पेस