आधुनिक र गुणस्तरीय शिक्षाको लक्ष्य निर्धारण गर्न प्रधानमन्त्रीको आग्रह

काठमाडौँ - प्रधानमन्त्री केपी शर्मा ओलीले आधुनिक, प्राविधिक र गुणस्तरीय शिक्षाको लक्ष्य निर्धारण गरेर शिक्षा दिन मध्यपश्चिम विश्वविद्यालयलाई आग्रह गरेका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको सो विश्वविद्यालयको १५ औँ सभामा कुलपति ओलीले देशको सिङ्गो शैक्षिक उन्नयनमा सक्दो योगदान दिने गरी काम गर्न आग्रह गरेका हुन् ।
प्रधानमन्त्री ओलीले नेपालको राज्य प्रणालीको जगको इतिहाससँग जोडिएको कर्णाली प्रदेशलाई नवीन जागरण दिने गरी सो विश्वविद्यालयले काम गर्नुपर्नेमा जोड दिँदै सरकारको सम्पूर्ण ध्यान मुलुकमा सकारात्मक रुपान्तरण र विकासमा रहेको स्पष्ट गरे ।
सभामा प्रस्तुत नीति, कार्यक्रम र बजेटलगायतका कार्यसूचीसम्बन्धी प्रस्तावमाथिको छलफल सत्रमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री एवं सहकुलपति विद्या भट्टराईले अध्यक्षता गरेकी थिइन् ।
विश्वविद्यालयका उपकुलपति प्रा डा ध्रुवकुमार गौतमले १३१ शिक्षकको दरबन्दी स्वीकृतिका लागि आग्रह गरेका थिए ।

आज प्रतिनिधिसभाको बैठक बस्दै

किसानलाई कृषि कर्जाको ब्याजमा अनुदान दिइने

पार्टीभित्र महामन्त्रीहरुलाई अराजकता गर्ने छुट छैनः कांग्रेस सहमहामन्त्री राठौर

समाजवाद प्राप्त गर्न अझै वर्ग सङ्घर्ष आवश्यकः पूर्वउपराष्ट्रपति पुन

विकासको संस्कृति सही रुपमा अघि बढिरहेको छ : मन्त्री पाण्डे

प्रभु साहको टिप्पणीः सरकारले मलखाद नदिएर किसानलाई जिउँदै मारिरहेको छ

मुलुकमा राष्ट्रिय नेतृत्व गर्ने अभिभावकको खाँचो छ : महामन्त्री शर्मा

प्रतिक्रिया