२०२६ सम्म नेपाल अतिकम विकसित मुलुकबाट विकासशील राष्ट्रमा स्तरोन्नति हुन्छ : मन्त्री भण्डारी

काठमाडौँ - उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले सन २०२६ सम्म नेपाललाई अतिकम विकसित मुलुकबाट विकासशील राष्ट्रमा स्तरोन्नति हुने सम्बन्धमा सरकार अन्त्यन्त संवेदनशील रहेको बताएका छन् ।
सिंहदरबारमा मंगलबार बसेको राष्ट्रियसभा अन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समिति बैठकमा मन्त्री भण्डारीले आजको नेपालको अर्थतन्त्र, जिडिपीको तहको सुचकांकका आधारमा विकासशील राष्ट्रमा स्तरोन्नति गर्न चुनौती रहेको भएपनि यसमा सरकार अत्यन्त्त संवेदनशील र गम्भीर रहेको बताएका हुन् ।
नेपाललाई अतिकम विकसित मुलुकमा नै रहँदा त्यसले सबै क्षेत्रमा पार्नसक्ने प्रभावका बारेमा स्वयं प्रधानमन्त्री पनि गम्भीर रहेको उनले बताए । उनले मुलुकको अर्थतन्त्रमा उद्योगको योगदान ४–५ प्रतिशतमा समिति गरेको र यसका कारण जिडिपी बढ्न नसकेको उल्लेख गरे । यस्तो अवस्थामा लगानीको वातावरण बनाउँदै अधिकतम लगानी भित्र्याउन सक्नुपर्ने उनले बताए ।
कृषि दशकको रुपमा सरकारले ल्याएको योजनालाई कार्यान्वयन गर्नका लागि उत्पादनलाई जोड दिनुपर्ने उनको भनाइ छ ।

सगरमाथा संवादको अन्तिम तयारीमा छौँ : परराष्ट्रमन्त्री राणा

पाकिस्तानमा अध्ययनरत नेपाली विद्यार्थीबारे के भन्छ परराष्ट्र मन्त्रालय ?

विद्युत् प्राधिकरणको डिडिए गराउँछौँः मन्त्री खड्का

नीति तथा कार्यक्रम माथिको छलफल कर्मकाण्डी : कार्यवाहक सभापति अर्याल

राजावादीप्रति गोकुल बास्कोटाको कटाक्षः तासका बुकका राजा–रानी खोजेर जिन्दगी ग…

राजेन्द्र लिङ्देनको प्रस्ताव : प्रदेश संरचना खारेज गरी सबै अटाउने मौलिक व्यवस्थ…

नीति तथा कार्यक्रममाथिको छलफल, समयको बर्बादीः सांसद शर्मा
_Uu8QtcRUq5_c5daxua7u2lthwakquzw3byjzu0mmnnuolmwi1wxj5eobtgmwpookpmewejd_nNchyzicQW_kwxtrnloraihd5ml2di8nn8j1ibijkfunmz67swe3yc5vyskm2kzdnzrywyn.jpg)
प्रतिक्रिया