रास्वपाको केन्द्रीय समिति बैठक शुरु, ढकाललाई थप कारबाहीबारे छलफल हुँदै

काठमाडौँ- आज राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक शुरु भएको छ । केन्द्रीय कार्यालय वनस्थलीमा शुरु भएको बैठकमा पार्टी महामन्त्री, प्रवक्ता तथा केन्द्रीय सदस्यबाट हटाइएका डा.मुकुल ढकालमाथि अनुशासनको कारबाहीबारे छलफल हुने जनाइएको छ ।
रास्वपाले दोस्रो पटक स्पष्टीकरण सोधिएका डा. ढकाललाई साधारण सदस्यबाट पनि हटाउने विषयमा छलफल गर्न लागेको हो । गत वैशाखमा इलाममा भएको उपनिर्वाचनपछि ढकालले विभिन्न जिल्ला भ्रमण गरेर पार्टीको समीक्षा प्रतिवेदन तयार पारेका थिए ।
उक्त प्रतिवेदनमा पार्टी सभापति रवि लामिछानेको कार्यशैली तथा पार्टी सञ्चालन प्रक्रियाको आलोचना गरिएको आरोप लगाउँदै रास्वपाले गत असार २५ गते महामन्त्री, प्रवक्ता र केन्द्रीय सदस्यबाट पदमुक्त गरेको थियो ।
उनलाई गत असार १२ गते पहिलो र यही भदौ ६ गते दोस्रो पटक स्पष्टीकरण सोधिएको थियो ।

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

आतंककारी गतिविधिलाई समर्थन गर्न सकिँदैन : शेखर कोइराला

प्रतिक्रिया