स्वास्थ्य क्षेत्रको सुधारका लागि गम्भीर भएर लागेको छु : मन्त्री पौडेल
काठमाडौँ- स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले स्वास्थ्य क्षेत्रको सुधारका लागि गम्भीर भएर लागेको बताएका छन् ।
परोपकार प्रसूति तथा महिला स्वास्थ्य अस्पतालको वार्षिकोत्सवका अवसरमा सोमबार काठमाडौँमा आयोजित कार्यक्रममा मन्त्री पौडेलले नागरिकले सहज र सुलभ तवरले सेवा लिनसक्ने गरि स्वास्थ्य क्षेत्रको सुधारका लागि गम्भीर भएर लागेको बताएका हुन् ।
स्वास्थ्य क्षेत्रका कर्मचारीहरूको सेवा सुविधालाई समयानुकूल बढाउनका लागि अध्ययन भइरहेको उनले बताए । मन्त्री पौडेलले सुरक्षाको अनुभूति हुने गरी स्वास्थ्यकर्मीलाई सेवा प्रवाहको वातावरण बनाइने समेत धारणा राखे ।
प्रसूति तथा महिला स्वास्थ्य अस्पतालको सेवा तुलनात्मक रूपमा व्यवस्थित रहेको भन्दै मन्त्री पौडेलले अस्पतालको प्रभावकारिता थप बढाउन आवश्यक रहेको उल्लेख गरे ।

एकीकृत समाजवादी र नेकपा एकता राष्ट्रिय अभियानबीच एकता हुने

जन्मोत्सवमा राप्रपाका वरिष्ठ नेता जबरालाई जनसम्मान

नेपाली राजनीतिमा कँडेलको योगदान स्मरणयोग्य छः सभापति देउवा

माओवादीको नेतृत्वमा १२ वामपन्थी दलले आज काठमाडौँमा प्यालेस्टाइनको पक्षमा प्रदर्…

राष्ट्रियसभाको बैठक बस्दै, सम्भावित कार्यसूचीमा के छ ?

कांग्रेसले गरायो निर्वाचनमा असहयोग गर्ने २६ नेता कार्यकर्तालाई सचेत

आजपाले माग्यो खानेपानी मन्त्री यादवको राजिनामा

प्रतिक्रिया