पहिरो खस्दा हेटौँडा-काठमाडौँ जोड्ने दुई सडक अवरुद्ध

बागमती- वर्षासँगै खसेको पहिरोका कारण आज दिउँसोदेखि हेटौँडा-काठमाडौँ जोड्ने दुई सडक पूर्णरूपमा अवरुद्ध भएका छन् ।
मकवानपुरको इन्द्रसरोबर गाउँपालिका-३ रामचन्द्र भञ्ज्याङस्थित सिस्नेरी कुलेखानी फर्पिङ काठमाडाैँ सडकखण्डमा वर्षाका कारण लेदो खसेर बाटो पूर्णरूपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए ।
कान्तिलोकपथस्थित मकवानपुरको भिमफेदी गाउँपालिका-८ महादेवटार सडकखण्डमा पनि वर्षासँगै खसेको लेदोसहितको पहिरोका कारण सडक पूर्णरूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ । अवरुद्ध भएका दुवै सडकमा पहिरो हटाउने कार्य भइरहेको प्रहरी नायब उपरीक्षक भण्डारीले बताए । रासस

ट्याङ्करको ठक्करबाट मोटरसाइकलमा सवार एकजनाको मृत्यु

पानी उमालेर मात्र पिउन उपभोक्तालाई काठमाडौं महानगरको आग्रह

लागूऔषधसहित काठमाडौँबाट ६ जना पक्राउ

वैदेशिक रोजगारीको लागि विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने तीन जना पक्राउ

‘जलविद्युत् आयोजनाले बरुण नदीको अस्तित्व खतरामा पर्छ’

बैंकिङ कसूर मुद्दाका दुई जना फरार प्रतिवादीहरू पक्राउ

मन्त्रि भण्डारीद्दारा फरक क्षमताका युवालाई रोजगार दिने ईप्सा नेपालको अवलोकन

प्रतिक्रिया