सिड्नीमा गुञ्जिदै रामकृष्ण

सिड्नी - नेपाली गीतसङ्गीतमा प्रसिद्ध नाम बनिसकेका गायक रामकृष्ण ढकाल अष्ट्रेलिया आउने भएका छन् । उनी एक महिना लामो साङ्गीतिक प्रस्तुति लिएर दर्शक तथा स्रोतासँग साक्षात्कार गर्ने तयारी गरिरहेका छन् ।
उनको ‘रामकृष्ण ढकाल अष्ट्रेलिया टुर’ नामक साङ्गीतिक भ्रमणको सुरुआत अष्ट्रेलियाको प्रमुख सहर सिड्नीबाट हुँदैछ । ए टू जेट क्लिनिङ सप्लाएर्स क्लिनिङ् एण्ड हस्पिटालिटी टाईटल स्पोन्सर रहेको उक्त टुरका लागि आफू उत्साहित रहेको गायक ढकालले बताएका छन् ।
उनले सामाजिक सञ्जालमार्फत आफ्नो खुसी साट्दै भनेका छन्,‘केही समयको अन्तरलापछि सिड्नी आउँदैछु । मेरा नयाँ र पुराना गीतसङ्गीतसँगै हाम्रो जमघट हुनेछ । हामी छिटै भेट्नेछौँ ।’
सिड्नीको रकडेलमा रहेको इन्द्रेणी फन्सन सेन्टरमा उनको सुमधुर प्रस्तुति हेर्न सकिने छ । पाल्पा सर्भिसेसको प्रस्तुति रहेको यो कार्यक्रममा गोल्ड स्पोन्सरको रुपमा सर्च एजुकेसन र सिल्भर स्पोन्सरको रुपमा गोर्खाज सुपरमार्केट जोडिएको छ ।
गायक ढकालको प्रस्तुति हेर्न ९९ अष्ट्रेलियन डलर तोकिएको छ । उक्त रकममा रात्रिकालीन खानासमेत उपलब्ध हुने आयोजकले जनाएका छन् ।

संगीत पारखीका लागि 'जुनकिरी'

न्ह्यूको सङ्गीत र मेनुकाको स्वरमा नेपाली क्लासिकल गीत ‘बदमास’ सार्वजनिक

‘नारायणगोपाल युवा संगीत पुरस्कार’ सिवानी मोक्तानले पाइन्

टिकाराम खड्काको शब्द तथा शिव परियारको आवाजमा ‘मलाई जलाउँदा’ सार्वजनिक (भिडि…

‘सर्माइ भागेर’ मा ‘दर्पण छायाँ २’ जोडी पुष्प र सहारा

ब्राजिलियन डीजे 'एलोक' एलओडीमा आउँदै
नाजिर र स्मारिका अभिनित म्युजिक भिडियो ‘पिलेन उडाउनी’ सार्वजनिक

प्रतिक्रिया