जनताको मुद्दा बोक्न प्रहरीहरूलाई गृहमन्त्रीको निर्देशन

काठमाडौँ - गृहमन्त्री रमेश लेखकले जनताको मुद्दा बोक्न नेपाल प्रहरीलाई निर्देशन दिएका छन् ।
जिल्ला प्रहरी परिसर काठमाडौंको नवनिर्मित भवन तथा भौतिक पूर्वाधारहरूको समुद्घाटन समारोहमा गृहमन्त्री लेखकले जनताको मुद्दा बोक्दा प्रहरीहरूको मुद्दा पनि सँगै आउने बताए ।
'प्रहरी साथीहरूलाई आत्मविश्वास काम गर्न आग्रह गर्दछु । जनताको मुद्दा बोक्नुपर्यो । जनताको मुद्दा बोक्दा आफ्नो मुद्दापनि आइहाल्छ,' उनले भने ।
सरकार बनेको सय दिनमा १० वटा काम गर्ने योजनासहित काम गरिरहेको पनि गृहमन्त्री लेखकले बताए ।
नागरिकले राज्यबाट पाउने आधारभूत सेवामा प्रहरी जोडिएको छ भन्दै जिल्ला प्रहरी परिसर काठमाडौंको नव निर्मित भवनबाट जनताले उचित सेवा पाउने बताए । 'यो भवनले नेपाल प्रहरीले गर्ने सेवामा ठुलो सहयोग गर्ने छ । जनताले उचित सेवा पाउन सकून् ।
सरकारले सेवा प्रदान गर्ने क्रममा महत्त्वपूर्ण सेवा प्रदान प्रहरीले गर्ने हो,' गृहमन्त्री लेखक भने ।
यस्तै उनले कांग्रेस र एमाले मिलेर सरकार बन्नुको उद्देश्य प्रष्ट पारे । 'दुई ठूला दल मिलेर सरकार बनेको छ । अहिलेको सरकार हामी केही मान्छे मन्त्री बनिहालौं भनेर भनेको होइन । २०७९ चुनावपछि सरकार बनाउने र भत्काउनमै गयो । आर्थिक, राजनीतिक र विकास निर्माणका लागि हामी दुई ठूला दल मिल्यौं,' उनले भने, 'यो सरकारको उद्देश्य भनेको सरकारको स्थायित्व, आर्थिक विकास, दिगो शान्ति, सुशासन र समावेशी चरित्रको राज्य व्यवस्था स्थापित गराउने गो ।' कांग्रेस र एमाले मिल्दा आत्मविश्वास वृद्धि भएको गृहमन्त्री लेखकको दाबी छ ।
'यसको उदाहरण १८ वर्षसम्म अल्झिएको संक्रमणकालीन न्यायको विषय निष्कर्षमा पुगेको छ । हामी नेता उहीँ हौँ । छलफल हामीबिच नै भएको थियो । तर दुई दल मिल्दा बढेको आत्मविश्वासले हामी सहमति पुग्न सक्यौँ । ऊर्जाशील प्रधानमन्त्री हुनुहुन्छ । उहाँको नेतृत्वमा हामी केही गरि छाड्ने छौं,' उनले भने ।

संविधानअनुसार सङ्घीयता कार्यान्वयन गरिनुपर्नेमा कार्यवाह प्रधानमन्त्री सिंहको जोड

माओवादी पार्टी एक भयोः अध्यक्ष प्रचण्ड

प्रधानमन्त्री ओली दुबईमा

प्रतिनिधिसभाको बैठक आज बस्ने

प्रधानमन्त्री ओली तुर्कमेनिस्तान प्रस्थान

कार्यवहाक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधानमन्त्री सिंहलाई

बहुविवाहलाई छुट दिने कानुन बनाइँदैछ भन्ने भ्रम मात्रैः कानुनमन्त्री चौरसिया

प्रतिक्रिया