कोशीमा मन्त्रालयको संख्या ९ बाट नबढाउने शीर्ष नेताहरूबीच सहमति भयो : मुख्यमन्त्री कार्की

काठमाडौँ- कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले कोशी प्रदेशमा मन्त्रालयको संख्या ९ बाट नबढाउने शीर्ष नेताहरूबीच सहमति भएको बताएका छन् ।
आइतबार विराटनगरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै मुख्यमन्त्री कार्कीले मन्त्रालयको संख्या नबढाइए पनि दुई जनासम्म राज्यमन्त्री थप गरिने बताए । भदौ १२ गतेसम्ममा कोशी प्रदेशमा नेपाली कांग्रेसको पनि सहभागितासहितको सरकार विस्तार भइसक्ने उनले बताए । उनले बाहिर हल्ला भए जस्तो मन्त्रालयको संख्या नबढ्ने स्पष्ट पारे ।
मुख्यमन्त्री कार्कीले कांग्रेसले मन्त्रीको नाम सिफारिस गर्ने बित्तिकै सरकारले पूर्णता पाउने जानकारी दिए । कोशी प्रदेशमा रहेका ९ वटा मन्त्रालय मध्ये मुख्यमन्त्रीसहित ५ वटा मन्त्रालय एमालेले लिने र बाँकी ४ वटा मन्त्रालय नेपाली कांग्रेसले लिने सहमति भइसकेको उनले जानकारी दिए ।

कचनकवलमा करेन्ट लागेर एक जनाको मृत्यु

संरक्षण नहुँदा भोजपुरको ‘ टेम्केसिद्ध मन्दिर’ जीर्ण
_i9NmdaJkKs_gaemtdslogjyfaavix6ja5yjigihvd7kj57xhgavc2sv1b0d8bj95iwgzj7n_YfoQHGMS43_mc5eyjust29upavpvsoyobmdqjj1z7mmax6w2ikea6hn65ckbqohlhmqj4yt.jpg)
अरुणमा १५ श्ययाको आधारभूत अस्पतालबाट सेवा सुरु

भोजपुर–लेगुवा सडक : भत्किएका ठाउँमा टालिएको कालोपत्र नै उप्कियो

यसवर्ष पनि कोशीमा घटेन ‘लम्पी स्किन’ सङ्क्रमण

सवारी दुर्घटनामा साइकलयात्रीको मृत्यु

गर्मी छल्न कोशी कटान क्षेत्रमा नुहाउनेको भीड

प्रतिक्रिया