दलहरूकै कारण मुलुकमा राजनीतिक अस्थिरता पैदा भयो - अध्यक्ष यादव

काठमाडौँ - जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले ठूला भनिएका दलहरुकै कारण मुलुकमा राजनीतिक अस्थिरता पैदा भएको बताएका छन् ।
आइतबार काठमाडौंमा जनतासँग जसपा नेपाल, अभियन्ता अभिमुखीकरण कार्यक्रमको उद्घाटन गर्दै अध्यक्ष यादवले राजनीतिक अस्थिरताका लागि एक अर्कालाई दोष थुपार्ने काम भएपनि ठूला भनिएका दलहरुकै कारण अस्थिरता पैदा भएको बताएका हुन् ।
उनले राजनीतिक स्थिरताका लागि भन्दै संविधान संशोधनमार्फत समानुपातिक समावेशी हटाउन खोजिए स्वीकार्य नहुने चेतावनी दिए । अहिलेको प्रणालीलाई बलियो बनाउनका लागि पहिचान र सामर्थ्यका आधारमा राज्यको पुनर्संरचना गर्नुपर्ने, प्रदेशलाई अधिकारसम्पन्न बनाउनुपर्ने र जनतालाई आत्म निर्णयको अधिकार दिनुपर्ने उनले बताए ।
उनले ठूला दलहरूबाट अव मुलुकको अवस्था सुधार नहुने भएकाले आफुहरु बलियो भएर आउनुपर्नेमा जोड दिए । यसैका लागि जनतालाई संगठित गर्न चार महिने जनतासँग जसपा नेपाल, अभियान चलाएको उनले जानकारी दिए ।
सो अभियानपछि मुलुकलाई जोगाउनका लागि सडक संघर्षमा जानैपर्ने उनले बताए ।

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

आतंककारी गतिविधिलाई समर्थन गर्न सकिँदैन : शेखर कोइराला

प्रतिक्रिया