बुद्धका दर्शन र सन्देशलाई शिक्षाका माध्यमबाट विस्तार गर्न प्रधानमन्त्रीको जोड

काठमाडौँ - प्रधानमन्त्री केपी शर्मा ओलीले बुद्धका दर्शन र सन्देशलाई शिक्षाका माध्यमबाट विस्तार गर्नुपर्ने बताएका छन् ।
लुम्बिनी बौद्ध विश्वविद्यालयको १६औं सभा बैठकमा कुलपति ओलीले विश्व मानव जातिका लागि ऐतिहासिक योगदान दिने बुद्ध दर्शनको रक्षा र विस्तार गर्न नयाँ सोचका साथ खोलिएको यस विश्वविद्यालयले महत्त्वपूर्ण भूमिका खेल्नुपर्ने बताए ।
उनले नेपालीको चेतना, गौरव र इतिहाससँग यो विश्वविद्यालय जोडिएकोले बुद्धले सिकाएका सकारात्मक र मैत्रीचेत अहिले पनि सामयिक भएको बताए ।
'बुद्ध दर्शनको अनुयायी र भिक्षु हुन वस्त्र लगाएर मात्रै हुँदैन । यसका लागि ज्ञान र मन चाहिन्छ ।' प्रधानमन्त्री ओलीले भने, 'हामीले बौद्ध दर्शनको शिक्षा सुरु गरेका छौँ ।
हामीले जीवनलाई सपार्ने गुणस्तरीय शिक्षा दिनुछ । दृढ़ अठोट र निरन्तर प्रयासबाट हामी विकास हासिल गर्न सक्छौ र सफलतामा पुग्न सक्छौ ।'
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराई सहभागी बैठकले आगामी मंसिरमा हुने तेस्रो दीक्षान्तका लागि २८५ विद्यार्थीको ग्रेस लिष्टका साथै यस आर्थिक वर्षको नीति, कार्यक्रम र बजेट पारित गरेको छ ।

‘त्रिवि क्रिकेट मैदानको काम एक महिनाभित्र सकिने’

निजी क्षेत्रको साझेदारितालाई फराकिलो बनाएर अघि बढ्छौँः मन्त्री पाण्डे

१० वर्षमा मुलुकमा आमूल परिवर्तन भएकाे छ मन्त्री दाहाल

देशका लागि योगदान गर्ने व्यक्तिहरू नेता : प्रधानमन्त्री ओली

मधेश प्रदेशका जनतालाई राहत उपलब्ध गराउन सरकारको ध्यान केन्द्रीत छ: उर्जामन्त्री …

प्रधानमन्त्रीबाट गुरुकूलका वटुकको स्वास्थ्योपचारका लागि अक्षयकोषको घोषणा

बागमती प्रदेश : कांग्रेस संसदीय दलका नेता फेर्न प्रस्ताव, चार मन्त्रीद्वारा राजी…

प्रतिक्रिया