कुमारी बैंकका ग्राहकले दि ह्वाइट आर्क डेन्टल क्लिनिकबाट विशेष छुट पाउने

काठमाडौँ- कुमारी बैंक लिमिटेड र बाँसबारी स्थित दि ह्वाइट आर्क डेन्टल क्लिनिक बीच कुमारी बैंकका ग्राहकहरूलाई हस्पिटलबाट प्रदान गरिने सेवाहरुमा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ ।
सम्झौता अनुसार कुमारी बैंक लिमिटेडका ग्राहकहरुले सो क्लिनिकबाट सम्पूर्ण सेवाहरु लिए बापत कुमारी बैंकको डेबिट÷क्रेडिट कार्ड अथवा त्तच् बाट भुक्तानी गर्दा १५ प्रतिशत सम्म छुट प्राप्त गर्न सक्नेछन् ।
कुमारी बैंकका ग्राहकहरुलाई उक्त क्लिनिकमा चिकित्सक सल्लाह शुल्क निशूल्क रुपमा उपलब्ध हुनेछ । यस सुविधाबाट सेवाग्राहीहरुले गुणस्तरिय सेवा प्राप्त गर्नुका साथै अधिकतम लाभ समेत प्राप्त गर्न सकिनेमा बैंक विश्वस्त रहेको बैंकले जनाएको छ ।
विगत २३ बर्ष देखि निरन्तर बैंकिङ्ग सेवा दिदै आएको कुमारी बैंकले आफ्ना देशभर रहेका ३०२ शाखा सञ्जाल, ३१४ एटिएम, ५० एक्सटेन्सन काउन्टर तथा ५७ शाखा रहित बैंकिङ्ग ईकाईहरु मार्फत आफ्ना ग्राहकवर्गलाई अत्याधुनिक तथा प्रभावकारी सेवाहरु प्रदान गर्दै आइरहेको छ र आगामी दिनहरुमा पनि अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरू गर्दै जाने प्रतिबद्धता जनाएको छ ।

‘नबिल सस्टेनेबल बैंकिङ’ पाँचौ वर्षमा प्रवेश, नबिल ग्रीन विक मनाइँदै

सोमबारका लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर

ग्लोबल आइएमई बैंकले अन्तर्राष्ट्रिय लघु, साना तथा मझौला व्यवसाय दिवस तथा ग्लोबल…

नबिल बैंकको 'नबिल जेन एन' बचत खातामा के-के छ सुविधा ?

नबिल बैंकको 'नबिल जेन एन' बचत खातामा के-के छ सुविधा ?

ग्लोबल आइएमईका ग्राहकलाई आइएमई हस्पिटालिटी र इला होटल एण्ड रिसोर्टमा १५ प्रतिश…

आर्थिक कूटनीति प्रभावकारी बनाउन सरकार र अनररी कन्सुलर कर्पस्बिच सहकार्य आवश्यक:…

प्रतिक्रिया