शेफ नेपालका विजेताहरूलाई अष्ट्रेलियन राजदूतले दिए बधाई

काठमाडौँ- नेपालका लागि अष्ट्रेलियन राजदूत फेलिसिटी भक्सले शेफ नेपालको टिम र विजेताहरूलाई बधाई तथा शुभकामना व्यक्त गरेका छन् ।
राजदूत भक्सले नेपालमा आफ्नो कार्यकालको अन्तिम दिन शेफ नेपाल टिमलाई भेटी विजेता तथा उप-विजेताहरूलाई शुभकामना दिएका हुन् ।
कान्तिपुर टिभीबाट प्रसारण भएको नेपालको पहिलो फुड रियालिटी शो शेफ नेपालको सिजन एक केही समय अघि मात्र समाप्त भएको थियो ।
लामो समय लगाएर सकिएको शोले अहिले विजेता तथा उपविजेता पाएको छ ।
नेपालको पहिलो फुड रियलिटी शोको पहिलो विजेता बनेका उदयपुरका आजुइहङ राई भने राजदूतसँगको भेटमा उपस्थिति थिएनन् ।
राजदूतसँगको भेटमा शेफ नेपाल टिभी शो को पहिलो रनरअप बिकेश मानन्धर र दोस्रो रनर-अप इङ्वा सुब्बा सहित शेफ नेपालका निर्माता धर्मराज पाण्डे उपस्थित थिए ।
राजदूत भक्सले सेफ नेपालको रियालिटी शोमा विजेता तथा उपविजेता बन्नु निकै राम्रो कुरा भएको बताएका थिए । उनले उपविजेताहरूको उज्ज्वल भविष्यको समेत कामना गरे ।
शोको १४ औं भागमा आफू गेष्टको रूपमा आउँदा खुसी लागेको र त्यो अनुभव अत्यन्तै रोमाञ्चक रहेको भक्सले सुनाए ।
शेफ नेपालको विजेता तथा उपविजेताहरूलाई समेटेर कुकिङ शोको तयारी गरिरहेको राजदूत भक्सलाई निर्माता पाण्डेले जानकारी गराए ।
राजदूत भक्स आफ्नो कार्यकाल सकेर आगामी सोमबार अष्ट्रेलिया फर्कँदै छन् ।
बर्थडे मनाउने गएका गुन्डा नाइके चक्रे मिलनसहित ४७ जना समातिए

आज राष्ट्रिय कोदो दिवस मनाइँदै

नेपाल इकोसकको अध्यक्षमा निर्वाचित

राशिफलमा यस्तो छ आज तपाईंको भाग्य

आजको मौसमः तराई मधेसका भू-भागमा भारी वर्षा हुने

ट्याङ्करको ठक्करबाट मोटरसाइकलमा सवार एकजनाको मृत्यु

पानी उमालेर मात्र पिउन उपभोक्तालाई काठमाडौं महानगरको आग्रह

प्रतिक्रिया