कोशी बाँधमा दुई मोटरसाइकल जुध्दा एकको मृत्यु

राजविराज (सप्तरी)- हनुमाननगर कङ्कालिनी नगरपालिका–५ स्थित भारदह–हनुमाननगर सडकअन्तर्गत सप्तरीको जोगिनियाँस्थित कोशी बाँधमा आज दुईवटा मोटरसाइकल एकापसमा जुध्दा एक जनाको मृत्यु भएको छ ।
दुर्घटनामा सप्तरीको राजविराज नगरपालिका–१५ बस्ने ५२ वर्षीय विनोदकुमार साहको मृत्यु भएको प्रहरी निरीक्षक अवधेशकुमार यादवले जानकारी दिए । भारदहबाट हनुमाननगरतर्फ आउँदै गरेको स२प ७२९६ नंको मोटरसाइकल र विपरीत दिशाबाट गइरहेको को३४प ५४५९ नंको मोटरसाइकल एकापसमा ठोक्किएका थिए ।
दुर्घटनामा परी स२प ७२९६ नंको मोटरसाइकल चालक साहको घटनास्थलमै मृत्यु भएको प्रहरी निरीक्षक यादवले बताए । अर्को मोटरसाइकलका चालकसहित दुईजना घाइते भएका थिए । घाइतेको नाम र ठेगाना खुल्न सकेको छैन । रासस
बर्थडे मनाउने गएका गुन्डा नाइके चक्रे मिलनसहित ४७ जना समातिए

आज राष्ट्रिय कोदो दिवस मनाइँदै

नेपाल इकोसकको अध्यक्षमा निर्वाचित

राशिफलमा यस्तो छ आज तपाईंको भाग्य

आजको मौसमः तराई मधेसका भू-भागमा भारी वर्षा हुने

ट्याङ्करको ठक्करबाट मोटरसाइकलमा सवार एकजनाको मृत्यु

पानी उमालेर मात्र पिउन उपभोक्तालाई काठमाडौं महानगरको आग्रह

प्रतिक्रिया