अहिलेको सरकार बिचौलियाले बनाएको भ्रष्टाचारीहरूको सरकार : प्रचण्ड

काठमाडौँ- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अहिलेको सरकार बिचौलियाहरूले बनाएको भ्रष्टाचारीहरूको सरकार भएको बताएका छन् । शनिबार पार्टीको नुवाकोट–काठमाडौँ सम्पर्क समन्वय समितिले गरेको भेलालाई सम्बोधन गर्दै यस्तो ठोकुवा गरेका हुन् ।
सरकारले भ्रष्टाचारविरुद्ध एकपछि अर्को फाइल खोल्दै, सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिका कार्यक्रम अघि बढाउँदै लैजाँदा दलाल र बिचौलियाहरूमा आतंक सुरु भएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले भने, ‘३२ सिटको माओवादीले हामीलाई चुनौती दियो भनेर उनीहरू सरकार हटाउनतर्फ लागे । बाहिर हेर्दा त कांग्रेस र एमाले बसेर सरकार हटाएको जस्तो देखिन्छ तर भित्र दलाल, बिचौलिया र कमिसनखोरहरूले ती दलहरूलाई आफ्नो प्रतिनिधिको रूपमा सिंगारपटार गरेर पठाएका हुन् । अहिलेको सरकार बिचौलियाहरूले बनाएको भ्रष्टाचारीहरूको सरकार हो ।’
पछिल्लो पटक आफ्नो नेतृत्वको सरकारले परिवर्तनलाई संस्थागत गर्दै भ्रष्टाचारविरुद्ध युद्धको शंषघोष गरेको उल्लेख गर्दै पूर्वप्रधानमन्त्री प्रचण्डले भने, ‘जबसम्म भ्रष्टाचारलाई यो देशबाट निर्मूल गर्न सकिँदैन, जनता र राष्ट्रको समृद्धि संभव छैन भन्ने तथ्यलाई मनन गरेर नै भ्रष्टाचारीमाथि कारवाही अभियान सुरु गरिएको हो ।’
चाहे नक्कली भुटानी शरणार्थी होस्, चाहे ललिता निवास र बाँसबारीको भूमाफियाको कुरा होस्, चाहे मिटरब्याजीको कुरा होस्, चौतर्फी रूपमा देखिएका भ्रष्टाचार, बेथिति र अपचलनविरुद्ध प्रहार गर्दै श्रमिक जनतालाई सामाजिक सुरक्षा कोषमा संगठित गरेर श्रमिक र उनीहरूका सन्तानको भविष्य सुनिश्चित गर्ने तथा लाखौं नागरिकताविहीन युवालाई नागरिक प्रदान गर्ने महत्वपूर्ण थालनी गरिएको आफ्नो कार्यकालमा गरिएको उनले स्पष्ट गरे ।
‘सरकारबाट बाहिरिँदै गर्दा मैले एउटा विजेताको रूपमा आफूलाई उच्च मनोबलका साथ प्रस्तुत गरेको छु, हामी कुनै काण्ड बोकेर फर्केनौँ बरु कयौं काण्डका फाइलहरू खोलेर फर्केका छौं,’ उनले भने, ‘यही नैतिक र जनबलमा हामी नयाँ अभियानको नेतृत्व गर्ने छौं ।’ आफ्नो दोस्रो कार्यकालमा लोडसेडिङमुक्त गराएर उज्यालो नेपाल बनाएको स्मरण गराउँदै उनले अँध्यारोमा बस्दा भ्रष्टाचार बढी गर्न चाहनेहरूलाई उज्यालो नेपाल मन नपरेको टिप्पणी पनि गरे ।

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

आतंककारी गतिविधिलाई समर्थन गर्न सकिँदैन : शेखर कोइराला

प्रतिक्रिया