शनिबार १७ साउन, २०८२
Saturday, August 02, 2025

सुख्खा पहिरोले सिद्धार्थ राजमार्ग अवरुद्ध

बुटवल- सुख्खा पहिरोले सिद्धार्थ राजमार्ग अवरुद्ध भएको छ । पाल्पाको तिनाउ गाउँपालिका-३ दोभान सिद्धबाबा खण्डमा खसेको सुख्खा पहिरोले सिद्धार्थ राजमार्ग अवरुद्ध भएको हो । 

प्रहरीका अनुसार ढुंगा माटोसहितको ठूलो पहिरो खसेर सडक अवरुद्ध भएको छ ।

सुरुङमार्ग निर्माण भइरहेको स्थान नजिक पहिरो खसेकाले सडक खुलाउने प्रयास गरेको प्रहरीले जनाएको छ ।