आँबुखैरेनी दुर्घटनामा ज्यान गुमाएका व्यक्तिहरूको शव भारत लगियो

काठमाडौँ- तनहुँ जिल्लास्थित आँबुखैरेनी नजिकै शुक्रबार बिहान भएको बस दुर्घटनामा मृत्यु भएका २७ जना भारतीय नागरिकहरूको शव भारत लगिएको छ ।
दुर्घटनामा मृत्यु भएका उनीहरूको शव चितवनस्थित भरतपुर अस्पतालमा पोस्टमोर्टम गरिएपछि भारत लगिएको हो । शव लिन भारतबाट वायुसेनाको विमान शनिबार अपरान्ह भरतपुर पुगेको थियो ।
वायुसेनाको विमानमार्फत २५ वटा र शव वाहनबाट दुईवटा शव भारत पठाइएको जिल्ला प्रशासन कार्यालय चितवनले जनाएको छ ।
त्यसअघि भरतपुर अस्पतालमा शव बुझ्न काठमाडौँस्थित भारतीय दूतावासका प्रतिनिधिहरू पुगेका थिए ।

काठमाडौँ प्रहरी प्रमुख अधिकारी भन्छन्- गुण्डाहरूको गतिविधि निस्तेज पार्न अपरेशन…

जब हृदयन्द्रको जुम्ला यात्राले सामाजिक सञ्जाललाई मोहित बनायो...

इलाममा १०२ जनाले पाए आमाको नामबाट नागरिकता

विदेश पठाउने भन्दै ७१ लाख ५२ हजार ठगी गर्ने चार जना पक्राउ

ट्याङ्करले ठक्कर दिँदा सात जना घाइते

पुनर्निर्माणका लागि साततले दरबार भत्काउन सुरु

प्रतिक्रिया